Logo

बुधवार, कार्तिक १२ गते २०८३

दुई दिन सार्वजनिक बिदामा पनि स्वास्थ्य सेवा नरोकिने, मन्त्रालयको सेवा निरन्तरता कायम राख्न आग्रह

दुई दिन सार्वजनिक बिदामा पनि स्वास्थ्य सेवा नरोकिने, मन्त्रालयको सेवा निरन्तरता कायम राख्न आग्रह

जोईन खबर

२७, चैत्र २०८२
  • 424
    SHARES
  • दुई दिन सार्वजनिक बिदामा पनि स्वास्थ्य सेवा नरोकिने, मन्त्रालयको सेवा निरन्तरता कायम राख्न आग्रह

    २७ चैत काठमाडौँ । शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइराख्न सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।मन्त्रालयले एक सार्वजनिक अनुरोध जारी गर्दै अस्पताल, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायहरूलाई बिदाको समयमा पनि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवामा कुनै अवरोध नआउने गरी व्यवस्थापन मिलाउन निर्देशन दिएको हो।

    images

    नयाँ बिदा प्रणाली कार्यान्वयनमा आएपछि सेवा प्रवाहमा सम्भावित असरलाई मध्यनजर गर्दै मन्त्रालयले जनशक्ति व्यवस्थापन, ड्युटी तालिका मिलान तथा औषधि र उपकरणको उपलब्धता सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरेको छ। बिरामीको उपचारमा कुनै पनि प्रकारको ढिलाइ वा समस्या आउन नदिन स्वास्थ्यकर्मीहरूलाई उच्च जिम्मेवारीका साथ काम गर्न समेत अनुरोध गरिएको छ।

    images
    images
    images

    मन्त्रालयले विशेषगरी आकस्मिक कक्ष, सघन उपचार कक्ष (ICU), प्रसूति सेवा, बाल स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवाहरू २४ सै घण्टा सञ्चालनमा राख्न जोड दिएको छ। साथै, ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा समेत सेवा निरन्तरता कायम राख्न सम्बन्धित निकायहरूलाई सचेत गराइएको छ।

    स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता भएकाले बिदाका दिनमा पनि सेवा अवरुद्ध हुन नदिन सबै पक्षबीच समन्वय आवश्यक रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले आम नागरिकलाई पनि आवश्यक परेमा नजिकको स्वास्थ्य संस्थामा निसंकोच सेवा लिन आग्रह गरेको छ।दुई दिनको सार्वजनिक बिदा व्यवस्थाले सेवा क्षेत्रमा केही चुनौती थप्न सक्ने भए पनि प्रभावकारी व्यवस्थापन र समन्वयबाट स्वास्थ्य सेवा सहज र निरन्तर राख्न सकिने मन्त्रालयले जनाएको छ।

    668710293_1403233365173544_1978114503987160065_n.jpg

    प्रकाशित मिति :चैत्र २७, २०८२ शुक्रवार - ११:०५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको