Logo

बुधवार, कार्तिक १२ गते २०८३

होटल व्यवसायी महासङ्घमा टीआर भण्डारी निर्विरोध अध्यक्ष, नयाँ कार्यसमिति चयन

होटल व्यवसायी महासङ्घमा टीआर भण्डारी निर्विरोध अध्यक्ष, नयाँ कार्यसमिति चयन

जोईन खबर

२९, चैत्र २०८२
  • 334
    SHARES
  • होटल व्यवसायी महासङ्घमा टीआर भण्डारी निर्विरोध अध्यक्ष, नयाँ कार्यसमिति चयन

    २९ चैत काठमाडौँ । होटल व्यवसायी महासङ्घ नेपालको पाँचौँ महाधिवेशनबाट टीआर भण्डारी (शंकर) निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्। गण्डकी प्रदेशको पोखरामा सम्पन्न महाधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

    images

    महाधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको जनाइएको छ। नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीहरूलाई धन्यवाद दिँदै महासङ्घलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटन तथा होटल क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राखिने बताए।

    images
    images
    images

    महासङ्घले देशभरका होटल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य तथा दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ।पर्यटन क्षेत्रका सरोकारवालाहरूले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबीच समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

    प्रकाशित मिति :चैत्र २९, २०८२ आइतवार - १३:३२:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको