Logo

बुधवार, कार्तिक १२ गते २०८३

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आज पित्तथैलीको शल्यक्रिया हुँदै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आज पित्तथैलीको शल्यक्रिया हुँदै

जोईन खबर

३०, चैत्र २०८२
  • 286
    SHARES
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आज पित्तथैलीको शल्यक्रिया हुँदै

    ३० चैत काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ। उपचारमा संलग्न चिकित्सक टोलीले यसअघि नै शल्यक्रियाको मिति तय गरेअनुसार उनलाई अपरेसन थिएटरमा लगिएको छ।

    images

    डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सक टोलीले ओलीको शल्यक्रिया गरी पित्तथैलीमा रहेको पत्थरी निकाल्ने तयारी गरेको छ। चिकित्सकका अनुसार ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ।

    images
    images
    images

    यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।ओलीको गिरफ्तारी लगत्तै उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

    सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो। अदालतले तोकिएको समयमा अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न पनि निर्देशन दिएको थियो।

    सोही आदेशअनुसार प्रहरीले ओलीलाई अस्पतालबाट उनकी पत्नी राधिकाको जिम्मा लगाएको थियो। थुनामुक्त भए पनि स्वास्थ्य अवस्थाका कारण उनी अस्पतालमै रहँदै आएका थिए।हाल उनको शल्यक्रिया प्रक्रिया जारी रहेको अस्पताल स्रोतले जनाएको छ।

    प्रकाशित मिति :चैत्र ३०, २०८२ सोमवार - ११:२०:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको