Logo

बुधवार, कार्तिक १२ गते २०८३

गृहमन्त्री गुरुङको कार्यशैलीप्रति सत्तारुढ दलकै सांसद असन्तुष्ट

गृहमन्त्री गुरुङको कार्यशैलीप्रति सत्तारुढ दलकै सांसद असन्तुष्ट

जोईन खबर

३०, चैत्र २०८२
  • 379
    SHARES
  • गृहमन्त्री गुरुङको कार्यशैलीप्रति सत्तारुढ दलकै सांसद असन्तुष्ट

    ३० चैत काठमाडौँ — सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नै गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलका क्रममा काभ्रे–१ का सांसद मधुकुमार चौलागाईं र धादिङ–१ की सांसद आशिका तामाङले गृहमन्त्री जिल्लामा जाँदा आफूहरूसँग समन्वय नगरेको भन्दै आपत्ति जनाएका हुन्। प्रधानमन्त्री शाहले वाग्मती प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए।

    images

    छलफलमा सहभागी एक स्रोतका अनुसार सांसदहरूले गुनासो गर्दै भने, “गृहमन्त्री जिल्लामा जाँदा हामीसँग समन्वय गर्नुभएन। त्यसले गर्दा हामीले आफ्ना समस्या राख्न पाएनौँ। उहाँ सडक–सडक हिँड्नुभयो। सडकमा हिँडेर भित्री कुरा कसरी थाहा हुन्छरु यसरी भएन, मन्त्रीले समन्वय गर्नुपर्‍यो।”सांसदहरूले गृहमन्त्रीसँग स्वकीय सचिव भए पनि आफूहरूसँगसमेत समन्वय नगरेको गुनासो गरेका थिए। साथै, उनीहरूले सांसदहरूलाई पनि स्वकीय सचिवको व्यवस्था गर्नुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए।

    images
    images
    images

    गृहमन्त्री गुरुङ केही दिनअघि काभ्रेको रोशी खोला क्षेत्रमा पुगेर क्रसर उद्योग र ढुंगाखानी बन्द गराउन निर्देशन दिएका थिए। २०८१ असोजमा आएको बाढीबाट प्रभावित उक्त क्षेत्रमा स्थलगत निरीक्षण गर्न उनी पुगेका थिए। त्यसपछि उनले चितवन जिल्लाको पनि भ्रमण गरेका थिए।सांसदहरूले उठाएको गुनासोबारे प्रधानमन्त्री शाहले भने कुनै ठोस प्रतिक्रिया जनाएनन्। छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले करिब दुई मिनेट मात्र बोलेका थिए।

    प्रकाशित मिति :चैत्र ३०, २०८२ सोमवार - १७:४१:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको