Logo

बुधवार, कार्तिक १२ गते २०८३

सभामुख डीपी अर्याल सवार कार्केडलाई ट्राफिक कारबाही, लेन क्रस गरेको आरोप

सभामुख डीपी अर्याल सवार कार्केडलाई ट्राफिक कारबाही, लेन क्रस गरेको आरोप

जोईन खबर

२, बैशाख २०८३
  • 442
    SHARES
  • सभामुख डीपी अर्याल सवार कार्केडलाई ट्राफिक कारबाही, लेन क्रस गरेको आरोप

    २ वैशाख काठमाडौँ । डीपी अर्याल सवार कार्केडलाई लेन मिचेको आरोपमा ट्राफिक प्रहरीले कारबाही गरेको छ। बुधवार बिहान थापाथली पुल बाट माइतीघर तर्फ जाँदै गर्दा कार्केडले लेन क्रस गरेको पाइएको हो।

    images

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतका अनुसार, सभामुख सवार गाडीलाई सडकमै रोकेर कारबाही गर्न सम्भव नभएकाले कार्केडलाई पछ्याएर सिंहदरबार पुगेपछि जरिवाना गरिएको थियो।ती अधिकृतले भने, “भीआईपीको गाडीलाई सडकमा रोक्न मिलेन, त्यसैले पछ्याएर सिंहदरबार पुगेर कारबाही गरिएको हो।”

    images
    images
    images

    सभामुखको कार्केडमा अगुवा गाडी प्रहरीको हुने तथा पछुवा गाडीमा सैनिक अधिकारीहरू रहने व्यवस्था हुन्छ। यसै क्रममा अगुवा र पछुवा दुवै गाडीलाई ‘लेन क्रस गरेको कसुर’ मा ट्राफिक प्रहरीले चिट काटेको जनाएको छ।यस घटनाले वीआईपी सवारी पनि ट्राफिक नियमको दायराभित्रै रहनुपर्ने सन्देश दिएको ट्राफिक प्रहरीको भनाइ छ।

    प्रकाशित मिति :बैशाख २, २०८३ बुधवार - १७:१६:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको