Logo

बुधवार, कार्तिक १२ गते २०८३

गृहमन्त्री गुरूङ द्वारा राजीनामा, नैतिकताको आधारमा पद त्याग

गृहमन्त्री गुरूङ द्वारा राजीनामा, नैतिकताको आधारमा पद त्याग

जोईन खबर

९, बैशाख २०८३
  • 406
    SHARES
  • गृहमन्त्री गुरूङ द्वारा राजीनामा, नैतिकताको आधारमा पद त्याग


    ९ वैशाख काठमाडौं । गृहमन्त्री सुधन गुरूङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आजै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाबारे सार्वजनिक जानकारी दिँदै प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएको जनाएका छन्।गुरूङले २०८२ साल चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयरलगायतका विषयमा उठेका जनचासो, प्रश्न तथा टिप्पणीलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। उनले पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास सबैभन्दा महत्वपूर्ण शक्ति हुने उल्लेख गरेका छन्।

    images

    उनले जारी गरेको वक्तव्यमा देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको बताएका छन्। साथै, सरकार निर्माणमा योगदान पुर्‍याएका ४६ जना “भाइबहिनीहरूको रगत र बलिदान” को स्मरण गर्दै त्यसप्रति सम्मान कायम राख्न आफूले नैतिक निर्णय लिएको स्पष्ट पारेका छन्।गुरूङले आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदमा रहँदा ‘conflict of interest’ नहोस् भनेर राजीनामा दिएको बताएका छन्।

    images
    images
    images

    “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु,” उनले भनेका छन्।अन्त्यमा उनले सञ्चारकर्मी, आम नागरिक र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन आह्वान गरेका छन्। साथै, सार्वजनिक जीवनमा पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै मिडिया क्षेत्रभित्रका विभिन्न विषयहरू पनि क्रमशः बाहिर आउने संकेत गरेका छन्।गुरूङको राजीनामापछि राजनीतिक वृत्तमा यसको प्रभाव र आगामी सत्ता समीकरणबारे चासो बढेको छ।

    प्रकाशित मिति :बैशाख ९, २०८३ बुधवार - १४:५७:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको