Logo

बुधवार, कार्तिक १२ गते २०८३

छाता घटनाबारे स्पष्टिकरण, असावधानीप्रति माफी मागियो

छाता घटनाबारे स्पष्टिकरण, असावधानीप्रति माफी मागियो

जोईन खबर

१३, बैशाख २०८३
  • 304
    SHARES
  • छाता घटनाबारे स्पष्टिकरण, असावधानीप्रति माफी मागियो

    १३ वैशाख काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकामा आयोजित ११ औँ भूकम्प स्मृति दिवस कार्यक्रममा सहभागी हुने क्रममा भएको एक सानो   छाता ओडाउने घटनाबारे स्पष्टिकरण दिँदै  गोरखा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य कबिन्द्र बुर्लाकोटीले सार्वजनिक रूपमा माफी मागेका छन्।

    images

    कार्यक्रमका क्रममा पानी परिरहेको अवस्थामा आफू पालिका अध्यक्षको मन्तव्य ध्यानपूर्वक सुन्दै बसेको बेला पछाडि बसिरहेका एकजना ज्येष्ठ नागरिकले छाता ओढ्दै केही कुराकानी गरेको बताइएको छ। कुराकानी सकिएपछि ती व्यक्तिको छाताको बलेनी शरीरमा परेको र उनले पानी छेक्न खोजेको देखेपछि आफूले उनलाई अगाडि आउन आग्रह गरी सँगै छाता ओढेको उल्लेख गरिएको छ।

    images
    images
    images

    उक्त घटना कार्यक्रमको भिडियोमा समेत देख्न सकिने जनाइएको छ। करिब एक मिनेटजति छाता ओढिएको देखिने फोटो तथा भिडियो सामाजिक सञ्जालमा फैलिएको भए पनि त्यो घटना आफूलाई थाहा नदिई खिचिएको र परिस्थितिजन्य भएको स्पष्ट पारिएको छ।

    अविरल वर्षाका कारण कार्यक्रम छिट्टै समापन गरिएको थियो। घटनाबारे आफ्ना शुभेच्छुक तथा आम जनसमुदायमा भ्रम नहोस् भन्ने उद्देश्यले स्पष्टिकरण दिँदै सम्बन्धित व्यक्तिले यस असावधानीप्रति क्षमायाचना गरेका छन्।उनले आगामी दिनमा यस्ता विषयमा थप सजग रहने प्रतिबद्धता व्यक्त गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।

    Screenshot 2026-04-26 095742.jpg

     

     

    प्रकाशित मिति :बैशाख १३, २०८३ आइतवार - ०९:५४:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको