Logo

बुधवार, कार्तिक १२ गते २०८३

पूर्वगृहमन्त्री गुरुङको बैंक विवरण सार्वजनिक कसरी भयो, तीन निकायका फरक दाबीले उठायो गम्भीर प्रश्न

पूर्वगृहमन्त्री गुरुङको बैंक विवरण सार्वजनिक कसरी भयो, तीन निकायका फरक दाबीले उठायो गम्भीर प्रश्न

जोईन खबर

१३, बैशाख २०८३
  • 349
    SHARES
  • पूर्वगृहमन्त्री  गुरुङको बैंक विवरण सार्वजनिक कसरी भयो, तीन निकायका फरक दाबीले उठायो गम्भीर प्रश्न

    १३ वैशाख काठमाडौं — पूर्वगृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित भनिएको बैंक विवरण सार्वजनिक भएको विषयले यतिबेला गम्भीर प्रश्नहरू उठाएको छ। यस घटनामा तीन फरक पक्षबाट आएका परस्पर बाझिने अभिव्यक्तिले थप अन्योल सिर्जना गरेको छ।

    images

    मिडिया रिपोर्टअनुसार Kantipur Media Group  ले “अनुसन्धानकारी निकायबाट सुदन गुरुङको बैंक विवरण प्राप्त भएको” दाबी गरेको छ। तर, उक्त विवरणसँग जोडिएको बैंक Nabil Bank ले भने “हामीले कुनै पनि बैंक विवरण सार्वजनिक गरेको छैन” भन्दै आफ्नो संलग्नता अस्वीकार गरेको छ।त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो Central Investigation Bureau (CIB)  ले पनि “हामीले सुदन गुरुङको बैंक विवरण माग गरेका छैनौं र उनीसँग सम्बन्धित कुनै अनुसन्धान भइरहेको छैन” भनेर स्पष्ट पारेको छ।

    images
    images
    images

    तीनवटै पक्षका फरक–फरक भनाइपछि मुख्य प्रश्न उठेको छ—यदि अनुसन्धानकारी निकायले मागेको होइन र बैंकले दिएको पनि होइन भने यति संवेदनशील र गोप्य मानिने बैंक विवरण सार्वजनिक कसरी भयो । विज्ञहरूका अनुसार बैंक विवरणजस्ता संवेदनशील सूचना चुहिनु गम्भीर विषय हो र यसले व्यक्तिगत गोपनीयता मात्र नभई वित्तीय प्रणालीको विश्वसनीयतामाथि पनि प्रश्न उठाउन सक्छ। यस्तो अवस्थामा सूचना चुहावटको स्रोत पत्ता लगाई आवश्यक कानुनी कारबाही अगाडि बढाउनुपर्ने उनीहरूको सुझाव छ।

    सम्बन्धित निकायहरूले हालसम्म यस विषयमा थप स्पष्ट जानकारी नदिए पनि घटनाबारे छानबिन हुनुपर्ने माग तीव्र बन्दै गएको छ। यस प्रकरणले सूचना सुरक्षाको अवस्था र जिम्मेवार निकायहरूको पारदर्शितामाथि बहस सुरु गराएको छ।

    प्रकाशित मिति :बैशाख १३, २०८३ आइतवार - १०:२६:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको