Logo

बुधवार, कार्तिक १२ गते २०८३

माइतीघर धर्नामा झडप,शोभा पाठक घाइते, सात जना पक्राउ

माइतीघर धर्नामा झडप,शोभा पाठक घाइते, सात जना पक्राउ

जोईन खबर

१५, बैशाख २०८३
  • 367
    SHARES
  • माइतीघर धर्नामा झडप,शोभा पाठक घाइते, सात जना पक्राउ

    १५ वैशाख काठमाडौँ । काठमाडौंको माइतीघर मण्डला मा जारी धर्नाका क्रममा झडप हुँदा शोभा पाठक घाइते हुनुभएको छ। उहाँमाथि हातपात भएपछि उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार पाठकको अवस्था सामान्य रहेको छ र अस्पतालमा उपचार भइरहेको छ।घटनामा संलग्न रहेको आरोपमा नेकपा एमाले का सचिव महेश बस्नेत की पत्नी अम्बिका बस्नेत सहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    images

    पक्राउ परेकाहरूलाई हाल प्रहरी परिसर भद्रकाली मा राखिएको प्रहरीले जनाएको छ।पाठकले यसअघि एमाले नेता महेश बस्नेतमाथि गम्भीर आरोप लगाउँदै कारबाहीको माग गर्दै आएकी थिइन्।

    images
    images
    images

    पछिल्लो समय भने उनले राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङ को पुनर्बहालीको माग गर्दै माइतीघरमा धर्ना दिइरहेकी थिइन्।सोही क्रममा विवाद चर्किँदा झडपको स्थिति सिर्जना भएको र पाठकमाथि हातपात भएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

    प्रकाशित मिति :बैशाख १५, २०८३ मंगलवार - १०:०५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको