Logo

बुधवार, कार्तिक १२ गते २०८३

अध्यादेशप्रति रास्वपा सांसद गणेश कार्कीको आलोचना, “यो बहादुरी होइन, संविधानको मर्म पालना हुनुपर्छ”

अध्यादेशप्रति रास्वपा सांसद गणेश कार्कीको आलोचना, “यो बहादुरी होइन, संविधानको मर्म पालना हुनुपर्छ”

जोईन खबर

१६, बैशाख २०८३
  • 295
    SHARES
  • अध्यादेशप्रति रास्वपा सांसद गणेश कार्कीको आलोचना, “यो बहादुरी होइन, संविधानको मर्म पालना हुनुपर्छ”


    १६ वैशाख काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले हालै दुई वटा अध्यादेश ल्याएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्की ले त्यसप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।

    images

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यादेशबारे आफ्नो मत माग्ने र प्रश्न उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले विधि, जवाफदेहिता र स्वस्थ बहसले मित्रतामा असर नपार्ने विश्वास व्यक्त गर्दै यस्ता संवादहरूलाई सकारात्मक रूपमा लिएको बताएका छन्।

    images
    images
    images

    सरकारले संसद अधिवेशन रोकेर अध्यादेश ल्याएको विषयमा उनले प्रश्न उठाएका छन्। “झन्डै दुईतिहाइ समर्थन भएको सरकारका लागि अध्यादेश ल्याउनु बाध्यता हो कि अरू केही, त्यो पछि खुल्ला होला, तर यो बहादुरी भने होइन,” उनले लेखेका छन्।

    उनले अध्यादेश संविधानले दिएको अधिकारअनुसार ल्याइने भए पनि यसपटकको सिफारिस संविधानको ‘अक्षर’मा आधारित भए पनि ‘मर्म’अनुसार नभएको तर्क गरेका छन्। “संविधान अक्षरले मात्र होइन, यसको मर्मको पालनाले जीवन्त रहने हो,” उनले उल्लेख गरेका छन्।

    त्यसैगरी, विपक्षी दलमा हुँदा यस्तै अवस्थामा अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्नहरू अहिले पनि सान्दर्भिक रहेको उनले स्मरण गराएका छन्। सांसद कार्कीको यो अभिव्यक्तिले अध्यादेशको औचित्य र प्रक्रियाबारे राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ।

    प्रकाशित मिति :बैशाख १६, २०८३ बुधवार - ११:३८:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको