Logo

बुधवार, कार्तिक १२ गते २०८३

आँपपिपल अस्पतालकी पहिलो डाक्टर डा. हेलेन हस्टनको निधन,गोरखामा ३ दशकभन्दा बढी समर्पित सेवा

आँपपिपल अस्पतालकी पहिलो डाक्टर डा. हेलेन हस्टनको निधन,गोरखामा ३ दशकभन्दा बढी समर्पित सेवा

जोईन खबर

१६, बैशाख २०८३
  • 328
    SHARES
  • आँपपिपल अस्पतालकी पहिलो डाक्टर डा. हेलेन हस्टनको निधन,गोरखामा ३ दशकभन्दा बढी समर्पित सेवा

    १५ वैशाख काठमाडौँ । गोरखा जिल्लाको आँपपिपल अस्पतालकी पहिलो पूर्ण-समय डाक्टर डा. हेलेन हस्टन को योगदान नेपाली स्वास्थ्य सेवाको इतिहासमा अविस्मरणीय रूपमा स्मरणीय बनेको छ। क्यानडाको अल्बर्टाबाट नेपाल आएकी उनले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।डा. हस्टन सन् १९६० मा नेपाल आइपुगेकी थिइन्।

    images

    उनले प्रारम्भिक सेवा United Mission to Nepal (UMN) अन्तर्गत तानसेन र काठमाडौंको शान्ता भवनस्थित अस्पतालबाट सुरु गरेकी थिइन्।UMN सँग उनले करिब ३२ वर्षसम्म निरन्तर काम गरिन्। सन् १९६३ मा उनी गोरखाको आँपपिपल अस्पतालमा सरिन्, जहाँ उनले पहिलो पूर्ण-समय डाक्टरको रूपमा सेवा सुरु गरिन्।

    images
    images
    images

    करिब पाँच वर्षसम्म उनी त्यहाँकी एक मात्र डाक्टर थिइन्। प्रारम्भिक समयमा अत्यन्त सीमित स्रोतसाधनका बीच उनले आपतकालीन शल्यक्रियादेखि विभिन्न प्रकारका उपचार सेवा प्रदान गरेकी थिइन्।सन् १९६९ मा उनले आँपपिपल क्षेत्रमा नयाँ १५ शैयाको अस्पताल निर्माण र स्थानान्तरण प्रक्रियामा समेत नेतृत्वदायी भूमिका खेलेकी थिइन्। उक्त अस्पताल सन् २००१ सम्म ग्ःल् द्वारा सञ्चालनमा रहेको थियो।डा. हस्टनले सन् १९९२ मा अवकाश लिनुअघि सम्म आँपपिपलमै निरन्तर सेवा दिइन्।

    दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन उनले गरेको योगदान स्थानीय समुदायका लागि जीवनदायी सावित भएको थियो।दीर्घकालीन सेवा र समर्पणको प्रतीक बनेकी डा। हस्टनको १ मार्च २०२४ मा ९६ वर्षको उमेरमा निधन भएको हो। उनको भौतिक उपस्थिति आज नभए पनि उनले पुर्‍याएको सेवा र योगदान नेपाली समाजमा सधैं अमर रहने विश्वास गरिएको छ।

    प्रकाशित मिति :बैशाख १६, २०८३ बुधवार - ११:५७:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको