Logo

बुधवार, कार्तिक १२ गते २०८३

रेसेफाँटमा १६ मेगावाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु

रेसेफाँटमा १६ मेगावाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु

जोईन खबर

१७, बैशाख २०८३
  • 349
    SHARES
  • रेसेफाँटमा १६ मेगावाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु

    १७ वैशाख काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नं.५ स्थित रेसेफाँटमा निर्माण हुन लागेको १६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले आज एक कार्यक्रमबीच सुरुङ निर्माणको शुभारम्भ गरेका हुन्।शुभारम्भ कार्यक्रममा वाटर ईनर्जी कम्पनीका प्रतिनिधि, वडा स्तरका जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    images

    कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले आयोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।उक्त आयोजना रेसे खोलामा निर्माण हुन लागेको हो, जहाँबाट १६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

    images
    images
    images

    सुरुङ निर्माण कार्यलाई आयोजनाको महत्वपूर्ण चरणका रूपमा लिइएको छ, जसले निर्माण प्रक्रियालाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ।स्थानीयवासीहरूले पनि आयोजनाबाट पूर्वाधार विकास, रोजगारी अवसर तथा आर्थिक गतिविधिमा वृद्धि हुने आशा व्यक्त गरेका छन्। आयोजना सम्पन्न भएपछि गोरखा जिल्लाको ऊर्जा उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ।

    प्रकाशित मिति :बैशाख १७, २०८३ बिहिवार - १२:५७:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको