Logo

शुक्रवार, श्रावण १५ गते २०८३

“डोजर अघि छाती थाप्ने वाचा गर्ने नेताहरू कहाँ हराए” – सुकुम्बासी बस्तीमा कारबाहीपछि चर्कियो आलोचना

“डोजर अघि छाती थाप्ने वाचा गर्ने नेताहरू कहाँ हराए” – सुकुम्बासी बस्तीमा कारबाहीपछि चर्कियो आलोचना

जोईन खबर

२२, बैशाख २०८३
  • 292
    SHARES
  • “डोजर अघि छाती थाप्ने वाचा गर्ने नेताहरू कहाँ हराए” – सुकुम्बासी बस्तीमा कारबाहीपछि चर्कियो आलोचना

    २२ वैशाख काठमाडौा । सुकुम्बासी बस्ती संरक्षणको नाममा चुनावी अभियानका बेला ठूला प्रतिबद्धता जनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू अहिले आलोचनाको केन्द्रमा परेका छन्। विशेषगरी पार्टी सभापति रवि लामिछाने र नेता खगेन्द्र सुनवार ले चुनावअघि दिएका अभिव्यक्तिहरू अहिले सामाजिक सञ्जाल र विभिन्न मिडियामा पुनः भाइरल भइरहेका छन्।

    images

    चुनावी प्रचारप्रसारका क्रममा उनीहरूले “सुकुम्बासी बस्तीमा डोजर चल्नुभन्दा अघि आफूहरू छाती थाप्ने” र “डोजरको चक्कामुनि बस्ने” जस्ता अभिव्यक्ति दिएका थिए। ती अभिव्यक्तिले सुकुम्बासी समुदायमा ठूलो आशा जगाएको थियो।

    तर पछिल्लो समय देशका विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण गरी बसेका बस्तीहरूमा डोजर चलाउन थालेपछि उनीहरूको भूमिकामाथि प्रश्न उठ्न थालेको हो। “अव्यवस्थित बसोबास व्यवस्थापन” को नाममा सरकारले अघि बढाएको कारबाहीका क्रममा कतिपय स्थानमा सुकुम्बासी बस्ती हटाइएको र संरचना भत्काइएको खबर सार्वजनिक भएका छन्।

    प्रभावित स्थानीयहरूले आफूहरूलाई वैकल्पिक व्यवस्था नगरी हटाइएको गुनासो गरेका छन्। यता, सामाजिक सञ्जालमा नागरिकहरूले चुनावी वाचा र वर्तमान अवस्थाबीचको अन्तरलाई लिएर तीव्र प्रतिक्रिया जनाइरहेका छन्। “त्यतिबेला डोजर अगाडि उभिने भनिएको थियो, अहिले नेताहरू मौन छन्,” भन्ने टिप्पणीहरू व्यापक रूपमा देखिएका छन्।

    यस विषयमा रास्वपाका शीर्ष नेताहरूबाट औपचारिक प्रतिक्रिया भने अझै सार्वजनिक भएको छैन। राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी समयमा गरिएका भावनात्मक अभिव्यक्ति व्यवहारमा उतार्न नसक्दा जनविश्वासमा असर पर्न सक्छ।सरोकारवालाहरूले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्पष्ट नीति, वैकल्पिक बसोबासको व्यवस्था र सम्बन्धित पक्षबीच संवाद अपरिहार्य रहेको बताएका छन्।

    प्रकाशित मिति :बैशाख २२, २०८३ मंगलवार - १०:२१:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको