२६ वैशाख काठमाडौँ । लियो क्लव अफ गोरखाको लायन्स वर्ष २०२६–२७ का लागि सम्पन्न वार्षिक साधारण सभाबाट युवा व्यवसायी तथा प्रविन मोबाइल पसल गोरखाका प्रोप्राइटर प्रविन उपरकोटि अध्यक्ष पदमा निर्वाचित भएका छन्।२०८३ वैशाख २६ गते सम्पन्न क्लवको वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै उपरकोटिलाई अध्यक्षको जिम्मेवारी दिएको हो। सामाजिक सेवामूलक गतिविधिमा सक्रिय रहँदै आएका उपरकोटि क्लवभित्र युवामाझ परिचित व्यक्तित्व मानिन्छन्।
नवनिर्वाचित अध्यक्ष उपरकोटिले क्लवलाई अझ प्रभावकारी र सक्रिय बनाउँदै सामाजिक उत्तरदायित्व, युवा नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा समुदाय लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले गोरखा जिल्लामा युवाको सहभागिता बढाउँदै सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गर्ने योजना रहेको बताए।
वार्षिक साधारण सभामा क्लवका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सभाले आगामी कार्यकालका लागि विभिन्न योजना तथा कार्यक्रमबारे समेत छलफल गरेको जनाएको छ।लियो क्लव अफ गोरखा विगतदेखि नै सामाजिक सेवामूलक अभियान, रक्तदान, सरसफाइ, शैक्षिक सहयोग तथा विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय रहँदै आएको संस्था हो।
