Logo

बिहिवार, श्रावण १४ गते २०८३

लजबाट एकाएक उठाइएर सुकुम्बासीहरूलाइ नगरकोट र बनेपामा सारिए — दैनिक जीविकोपार्जन प्रभावित

लजबाट एकाएक उठाइएर सुकुम्बासीहरूलाइ नगरकोट र बनेपामा सारिए — दैनिक जीविकोपार्जन प्रभावित

जोईन खबर

२८, बैशाख २०८३
  • 289
    SHARES
  • लजबाट एकाएक उठाइएर सुकुम्बासीहरूलाइ नगरकोट र बनेपामा सारिए — दैनिक जीविकोपार्जन प्रभावित

    २८ वैशाख काठमाडौँ । लजमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरूलाई पूर्वसूचना बिना नै एकाएक उठाएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा सारिएको भन्दै प्रभावितहरूले गुनासो गरेका छन्। उनीहरूलाई विभाजन गरेर केहीलाई नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा तथा केहीलाई बनेपास्थित रेडक्रस भवनमा राखिएको बताइएको छ।

    images

    प्रभावितहरूको भनाइ अनुसार, लजमा बसिरहेका बेला उनीहरूलाई अचानक सामानसहित अन्यत्र जान भनिएको थियो। “हामीलाई कहाँ लैजाँदैछ भन्ने स्पष्ट जानकारीसमेत दिइएन। एकाएक उठाएर यहाँ ल्याइयो,” एक प्रभावितले बताए।

    नगरकोटमा राखिएका केही परिवारलाई खानेपानी तालिम केन्द्रमा व्यवस्थापन गरिएको छ भने बनेपामा पुर्‍याइएका परिवारलाई रेडक्रस भवनमा बस्ने व्यवस्था मिलाइएको स्थानीय स्रोतले जनाएको छ।

    तर, स्थानान्तरणपछि उनीहरूको दैनिक जीविकोपार्जनमा गम्भीर असर परेको पीडितहरू बताउँछन्। अधिकांश परिवारका सदस्य काठमाडौं उपत्यकामा दैनिक ज्यालादारी, घरेलु काम तथा साना व्यवसायमा निर्भर रहेको भन्दै बनेपाबाट काठमाडौंसम्म दैनिक आउजाउ गर्न असम्भवजस्तै भएको उनीहरूको गुनासो छ।“हामी काठमाडौंमै काम गरेर बिहान–बेलुका गुजारा चलाउँथ्यौं। यहाँबाट दैनिक काममा जान आउन खर्च र समय दुवै मिल्दैन,” बनेपामा राखिएका एक व्यक्तिले बताए।

    पीडितहरूले आफूहरूलाई स्थायी आवास वा दीर्घकालीन समाधानबिनै टाढा सारिएको आरोप लगाएका छन्। उनीहरूले रोजगारी, बालबालिकाको पढाइ र आधारभूत सेवामा समस्या देखिएको भन्दै सम्बन्धित निकायसँग पुनर्विचार र स्पष्ट योजना माग गरेका छन्।यस विषयमा सम्बन्धित स्थानीय तह तथा सरोकारवाला निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

    प्रकाशित मिति :बैशाख २८, २०८३ सोमवार - १३:२९:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको