Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखा नगरपालिकाले आइतबार सार्वजानिक बिदा नदिने निर्णय

गोरखा नगरपालिकाले आइतबार सार्वजानिक बिदा नदिने निर्णय

जोईन खबर

२९, बैशाख २०८३
  • 322
    SHARES
  • गोरखा नगरपालिकाले आइतबार सार्वजानिक बिदा नदिने निर्णय

    २९ वैशाख काठमाडौँ । गोरखा नगरपालिकाले नगरभित्र सञ्चालित निजी तथा सरकारी शैक्षिक संस्थाहरूमा आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ। नगरपालिकाले अबदेखि आइतबार पनि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो।

    images

    संघीय सरकारले हाल सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्दै आइरहेको अवस्थामा गोरखा नगरपालिकाले भने स्थानीय आवश्यकता र शैक्षिक व्यवस्थापनलाई मध्यनजर गर्दै विद्यालय सञ्चालनको छुट्टै निर्णय गरेको जनाएको छ।

    नगरपालिकाको गत शुक्रबार बसेको नगर कार्यपालिका बैठकले नगरभित्रका सबै निजी तथा सरकारी विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको हो। यस निर्णयअनुसार अब विद्यालयहरूमा नियमित कक्षा सञ्चालन हुने र पठनपाठन प्रक्रिया आइतबारसमेत जारी रहनेछ।

    नगरपालिकाले शैक्षिक गुणस्तर सुधार, निर्धारित पाठ्यक्रम समयमै सम्पन्न गर्ने तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउने उद्देश्यसहित यस्तो निर्णय गरिएको जनाएको छ। नगरभित्रका विद्यालय प्रशासनलाई समेत निर्णय कार्यान्वयन गर्न आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

    नगरपालिकाको निर्णयसँगै अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षबीच यसको प्रभावबारे चर्चा सुरु भएको छ। केहीले शैक्षिक सुधारका लागि निर्णय सकारात्मक भएको बताएका छन् भने केहीले विद्यार्थी र शिक्षकको विश्राम समय व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।गोरखा नगरपालिकाको यो निर्णय स्थानीय तहमा शिक्षा व्यवस्थापन सम्बन्धी नीतिगत बहसको विषय बन्न सक्ने देखिएको छ।

    प्रकाशित मिति :बैशाख २९, २०८३ मंगलवार - १२:२४:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको