Logo

बिहिवार, श्रावण १४ गते २०८३

“रास्वपाले दुई तिहाईको दम्भ नदेखाओस्, संख्या कहिल्यै स्थायी हुँदैन, जनताको मत पनि ससर्त हुन्छ” — प्रचण्ड

“रास्वपाले दुई तिहाईको दम्भ नदेखाओस्, संख्या कहिल्यै स्थायी हुँदैन, जनताको मत पनि ससर्त हुन्छ” — प्रचण्ड

जोईन खबर

२९, बैशाख २०८३
  • 328
    SHARES
  • “रास्वपाले दुई तिहाईको दम्भ नदेखाओस्, संख्या कहिल्यै स्थायी हुँदैन, जनताको मत पनि ससर्त हुन्छ” — प्रचण्ड

    २९ वैशाख काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुई तिहाइ बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका छन्। जनताको मत स्थायी नहुने भन्दै जनअपेक्षा अनुसार काम नगरे सत्ता र शक्ति कुनै पनि बेला परिवर्तन हुन सक्ने उनले बताएका छन्।

    images

    मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संख्या र बहुमतलाई स्थायी ठान्नु राजनीतिक भूल हुने बताए। “रास्वपाले दुई तिहाईको दम्भ नदेखाओस्, संख्या कहिले पनि स्थायी हुँदैन, जनताको मत पनि ससर्त हुन्छ,” उनले भने, “जनताले सोचेजस्तो काम गर्नुभएन भने कसरी गुल्टाइदिन्छन्, त्यो हामीबाट सिक्नुस्।”

    उनले राजनीतिक दलहरूले जनभावना विपरीत काम गर्दा जनताले मतमार्फत कडा फैसला गर्ने गरेको उल्लेख गरे। आफू नेतृत्वको सरकार र पार्टीले पनि जनमतको उतारचढाव भोगेको स्मरण गर्दै उनले राजनीतिक शक्ति जनताकै हातमा रहने बताए।

    प्रचण्डले लोकतन्त्रमा जनताको विश्वास जित्न सुशासन, पारदर्शिता र जनअपेक्षा अनुसारको काम आवश्यक रहेको बताए। उनले नयाँ तथा पुराना सबै राजनीतिक दललाई जनताको भरोसा कायम राख्न जिम्मेवार ढंगले काम गर्न आग्रह गरे।उनको उक्त अभिव्यक्ति पछिल्लो समय रास्वपाको राजनीतिक प्रभाव, सरकार र संसद्को भूमिकाबारे भइरहेका बहसका बीच आएको हो। प्रचण्डको भनाइलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिप्पणी हुन थालेका छन्। 

    प्रकाशित मिति :बैशाख २९, २०८३ मंगलवार - १५:४३:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको