Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्रीको राजीनामा माग्नुको औचित्य छैन, जनादेशको सम्मान गरौं : सांसद शाही

प्रधानमन्त्रीको राजीनामा माग्नुको औचित्य छैन, जनादेशको सम्मान गरौं : सांसद शाही

जोईन खबर

१, जेठ २०८३
  • 241
    SHARES
  • प्रधानमन्त्रीको राजीनामा माग्नुको औचित्य छैन, जनादेशको सम्मान गरौं  : सांसद  शाही

    १ जेष्ठ काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा  सांसद ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग नगर्न विनम्र अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले देशको राजनीतिक स्थायित्व, जनादेशको सम्मान र संसदको भूमिकालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

    images

    शाहीले लेखेका छन्, “माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्।”

    उनले वर्तमान सरकारप्रति जनताले मतमार्फत विश्वास व्यक्त गरेको उल्लेख गर्दै जनताको मत र जनादेशको सम्मान गर्नुपर्ने धारणा राखेका छन्। “हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ,” शाहीले भनेका छन्।

    यद्यपि, उनले प्रधानमन्त्रीलाई प्रजातान्त्रिक बन्न र संसदप्रति उत्तरदायी हुन आग्रह पनि गरेका छन्। संसदलाई जनताको आवाज बोल्ने सर्वोच्च प्रजातान्त्रिक मञ्चको रूपमा उल्लेख गर्दै उनले जनताका मुद्दा सरकारसम्म पुर्‍याउने दायित्व संसदकै भएको बताएका छन्।

    शाहीको भनाइले पछिल्लो समय सरकार, संसद र जनप्रतिनिधिहरूको भूमिकाबारे भइरहेको बहसलाई थप चर्चा दिएको छ। प्रधानमन्त्रीको कार्यशैली, सरकारको जवाफदेहिता तथा जनप्रतिनिधिहरूबीचको मतभिन्नताका विषय अहिले राजनीतिक वृत्तमा चर्चाको केन्द्र बनेका छन्।

    प्रकाशित मिति :जेठ १, २०८३ शुक्रवार - ११:१२:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको