४ जेष्ठ काठमाडौँ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपालविरुद्धको खेलमा Scotland ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाललाई अंक तालिकाको शीर्षस्थानमा रहेको स्कटल्यान्डसँग पहिलो भेटमा डिएल मेथडमार्फत २ रनको पीडादायी हारको बदला लिने चुनौती रहेको छ।
अमेरिकाविरुद्ध शानदार प्रदर्शन गर्दै ९ विकेटको जित निकालेको नेपालले आज पनि त्यही लय कायम राख्ने लक्ष्य राखेको छ। कप्तान Rohit Paudel को नेतृत्वमा नेपालले पछिल्लो खेलकै प्लेइङ–११ लाई निरन्तरता दिएको छ।
नेपालको प्लेइङ–११ मा आशिफ शेख, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, इशान पाण्डे र कुशल भुर्तेल रहेका छन्।
यता विनोद भण्डारी, अर्जुन कुमाल, करण केसी र भीम सार्की प्लेइङ–११ मा परेका छैनन्।
जारी सिरिजमा स्कटल्यान्डले २ खेल जितिसकेको छ भने नेपालले १ खेल जितेको छ। नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग डिएल मेथडमा २ रनले पराजित भएको थियो भने अमेरिकालाई ९ विकेटले हराएको थियो। हाल नेपाल अंक तालिकाको सातौँ स्थानमा रहेको छ।