Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौँ महानगरपालिका क्षेत्रमा सार्वजनिक सवारीसाधनमा टाँसिएका विज्ञापन सामग्री हटाइँदै

काठमाडौँ महानगरपालिका क्षेत्रमा सार्वजनिक सवारीसाधनमा टाँसिएका विज्ञापन सामग्री हटाइँदै

जोईन खबर

६, जेठ २०८३
  • 367
    SHARES
  • काठमाडौँ महानगरपालिका क्षेत्रमा सार्वजनिक सवारीसाधनमा टाँसिएका विज्ञापन सामग्री हटाइँदै

    ६ जेष्ठ काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधनमा अनधिकृत रूपमा टाँसिएका विज्ञापनजन्य सामग्रीहरू हटाउने कार्य सुरु गरिएको छ। महानगर प्रहरी बलले महानगर क्षेत्रको सौन्दर्य, सडक अनुशासन तथा प्रचलित मापदण्ड कार्यान्वयनलाई मध्यनजर गर्दै यस्तो अभियान सञ्चालन गरेको जनाएको छ।

    images

    महानगर प्रहरी बलका अनुसार सार्वजनिक बस, माइक्रोबस, टेम्पो तथा अन्य सवारीसाधनमा अनुमति बिना टाँसिएका विभिन्न व्यावसायिक विज्ञापन, पोस्टर, स्टिकर तथा प्रचार सामग्री हटाउने काम तीव्र बनाइएको हो। महानगरपालिकाले सार्वजनिक स्थान र सवारीसाधनको दृश्य प्रदूषण नियन्त्रण तथा व्यवस्थित सहरी वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको स्पष्ट पारेको छ।

    महानगर प्रहरी बलले सम्बन्धित सवारीधनी तथा व्यवसायीलाई नियमविपरीत विज्ञापन सामग्री प्रयोग नगर्न आग्रह गर्दै आवश्यक अनुमति र मापदण्ड पालना गर्न चेतावनीसमेत दिएको छ। अनुगमनका क्रममा नियम उल्लंघन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ।

    यस अभियानले काठमाडौँ महानगर क्षेत्रको सौन्दर्य अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सहजता तथा नागरिकलाई स्वच्छ र व्यवस्थित वातावरण प्रदान गर्न सहयोग पुग्ने महानगरको अपेक्षा रहेको छ। महानगर प्रहरी बलले आगामी दिनमा पनि यस्ता अनुगमन तथा व्यवस्थापनका कार्यलाई निरन्तरता दिने जनाएको छ।

    प्रकाशित मिति :जेठ ६, २०८३ बुधवार - ०९:५४:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको