६ जेष्ठ काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोशकुमार शर्मा नियुक्त भएपछि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल आजदेखि २० दिनका लागि बिदामा बसेकी छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला ले वरिष्ठतम् न्यायाधीश मल्ल आजदेखि बिदामा बसेको जानकारी दिएका हुन्।
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश मल्ल बिदामा बसेको विषयलाई न्यायालय वृत्तमा चासोका साथ हेरिएको छ। यद्यपि, बिदाको कारणबारे औपचारिक रूपमा कुनै विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
हालै सर्वोच्च अदालतको नेतृत्वमा परिवर्तन भएसँगै न्यायालयभित्रका गतिविधि र व्यवस्थापनलाई लिएर विभिन्न चर्चा भइरहेका छन्।