Logo

बिहिवार, श्रावण १४ गते २०८३

रोटरी क्लब अफ गोरखाद्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

रोटरी क्लब अफ गोरखाद्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

जोईन खबर

६, जेठ २०८३
  • 559
    SHARES
  • रोटरी क्लब अफ गोरखाद्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

    ६ जेष्ठ काठमाडौँ । रोटरी क्लब अफ गोरखाले सडक सुरक्षा सप्ताह अन्तर्गत गोरखाका विभिन्न सडक क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेको छ।

    images

    सडक सुरक्षा तथा पैदलयात्रीको सुरक्षालाई प्राथमिकता दिँदै क्लबले बजार क्षेत्र तथा बढी आवतजावत हुने स्थानहरूमा जेब्रा क्रसिङ निर्माण गरेको जनाएको छ। विशेषगरी विद्यालय, सरकारी कार्यालय तथा व्यस्त सडक खण्ड आसपास पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहज होस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ।

    क्लबका पदाधिकारीका अनुसार सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित सडक सुरक्षा सप्ताह मनाइएको हो। जेब्रा क्रसिङ निर्माणसँगै चालकलाई ट्राफिक नियम पालना गर्न तथा पैदलयात्रीलाई निर्धारित स्थानबाट मात्रै सडक पार गर्न आग्रह गरिएको छ।

    स्थानीयवासीले यस अभियानलाई सकारात्मक रूपमा लिँदै यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमले सडक सुरक्षामा सहयोग पुग्ने बताएका छन्। क्लबले आगामी दिनमा पनि सडक सुरक्षा, शिक्षा तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रकाशित मिति :जेठ ६, २०८३ बुधवार - १६:५५:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको