७ जेष्ठ काठमाडौँ । कतारमा रहेको एक आकर्षक भवन र आसपासको दृश्य पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियो तथा तस्बिर हेरेपछि धेरैले उक्त स्थानलाई युरोपको कुनै रमणीय सहर ठाने पनि वास्तविकता भने फरक रहेको खुलेको छ। समाजिक सन्जालमा भिडियो हेरेर कतै युरोप त हैन भनेर झुक्किने गरेका छन्।
विशेषगरी उक्त स्थानको भिडियो अहिले टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त भिडियो हेरेर धेरै नेपाली प्रयोगकर्ता “कतै यो युरोप त होइन ” भन्दै झुक्किने गरेका छन्। कतार पुगेका नेपालीहरू पहिलो नजरमै झुक्किने नभई सामाजिक सञ्जालमा भाइरल दृश्य हेरेर उक्त स्थान युरोपकै जस्तो देखिएको प्रतिक्रिया दिने गरेका छन्। अहिले सो स्थानमा टिकटक भिडियो तथा तस्बिर खिच्नेहरूको सङ्ख्या समेत उल्लेख्य रूपमा बढिरहेको बताइन्छ।
“कतारमा पनि युरोप जस्तै ठाउँ रहेछ” भन्ने चर्चा बढिरहेका बेला भाइरल दृश्य वास्तवमा कतारस्थित Al Aziziyah Boutique Hotel को रहेको जानकारी प्राप्त भएको छ। युरोपेली शैलीको वास्तुकला, हरियाली वातावरण, ढुंगाले बनेका संरचना तथा आकर्षक डिजाइनका कारण उक्त होटल हेर्दा धेरैलाई युरोपको कुनै पर्यटकीय गन्तव्यजस्तै अनुभूति हुने गरेको छ।
कतारबाट प्रत्यक्ष जानकारी दिँदै अजिरकोट–५, गोरखाका राजु लामाले सामाजिक सञ्जालमा भाइरल भइरहेको दृश्य कतारकै होटल भएको जानकारी दिएका हुन्। उनका अनुसार सामाजिक सञ्जालमा भिडियो हेर्ने धेरै नेपालीहरू उक्त स्थानलाई युरोपको दृश्य ठानेर भ्रममा पर्ने गरेका छन्।
विशेष शैलीमा निर्माण गरिएको होटलको बाह्य बनावट र व्यवस्थित वातावरणका कारण उक्त स्थानले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ। पछिल्लो समय टिकटक, फेसबुक तथा अन्य प्लेटफर्ममा ‘युरोपको दृश्य’ भन्दै भिडियोहरू व्यापक रूपमा साझा हुन थालेपछि यसको वास्तविक स्थानबारे चासो झन् बढेको हो। यसरी भाइरल भइरहेको दृश्य युरोपको नभई कतारस्थित Al Aziziyah Boutique Hotel को भएको पुष्टि गरिएको छ।