Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रतिनिधिसभामा संसद साम्पाङको निरन्तर विरोध, आज पनि प्लेकार्डसहित उभिए

प्रतिनिधिसभामा संसद साम्पाङको निरन्तर विरोध, आज पनि प्लेकार्डसहित उभिए

जोईन खबर

७, जेठ २०८३
  • 562
    SHARES
  • प्रतिनिधिसभामा संसद साम्पाङको निरन्तर विरोध, आज पनि प्लेकार्डसहित उभिए

    ७ जेष्ठ काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षतथा संसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै उठेर प्लेकार्ड देखाउँदै विरोध जनाएका छन्।

    images

    श्रम संस्कृति पार्टीका सांसद साम्पाङले बैठक प्रारम्भ भएलगत्तै आफ्नो स्थानबाट उभिएर संसद्मा विरोध प्रदर्शन गरेका हुन्। उनले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै प्लेकार्ड प्रदर्शनमार्फत आफ्नो धारणा राखिरहेका छन्।

    जेठ ४ गतेदेखि बसेका प्रतिनिधिसभाका बैठकहरूमा साम्पाङले निरन्तर रूपमा आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध जनाउँदै आएका छन्। संसद्मा मन्त्रीहरूको उपस्थिति, जनसरोकारका विषयमा पर्याप्त जवाफदेहिता नभएको तथा संसदीय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले लगातार विरोध गरिरहेको बुझिएको छ।

    यसअघि पनि साम्पाङले संसद्मा प्रश्न उठाउने अवसर नदिएको भन्दै आपत्ति जनाएका थिए। उनले संसद् जनताको सार्वभौम संस्था भएकाले विधि, विधान र व्यवस्थाको पक्षमा आफूले निरन्तर आवाज उठाइरहने बताएका छन्।उनको निरन्तर विरोधले प्रतिनिधिसभाको बैठकमा सांसदहरूको भूमिका, विरोधको शैली तथा संसदीय अभ्यासबारे बहस समेत बढाएको छ।

    प्रकाशित मिति :जेठ ७, २०८३ बिहिवार - १२:५४:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको