Logo

बिहिवार, श्रावण १४ गते २०८३

ट्रान्सर्फमर बिग्रिँदा गोरखासहित अधिकांश क्षेत्रमा विद्युत् अनियमित, नयाँ उपकरण जडान हुँदै

ट्रान्सर्फमर बिग्रिँदा गोरखासहित अधिकांश क्षेत्रमा विद्युत् अनियमित, नयाँ उपकरण जडान हुँदै

जोईन खबर

८, जेठ २०८३
  • 913
    SHARES
  • ट्रान्सर्फमर बिग्रिँदा गोरखासहित अधिकांश क्षेत्रमा विद्युत् अनियमित, नयाँ उपकरण जडान हुँदै

    ८ जेष्ठ काठमाडौँ । गोरखा बजारलगायत जिल्लाका अधिकांश क्षेत्रमा पछिल्ला केही दिनदेखि विद्युत् सेवा अनियमित बनेको छ। तनहुँको मार्कीचोकस्थित सवस्टेशनमा रहेको पावर ट्रान्सर्फमर बिग्रिएपछि विद्युत् आपूर्तिमा समस्या देखिएको हो।

    images

    सम्बन्धित प्राधिकरणका अनुसार वैकल्पिक व्यवस्था गरेर केही क्षेत्रमा विद्युत् सेवा सुचारू गरिए पनि पूर्ण रूपमा नियमित आपूर्ति हुन सकेको छैन। बिग्रिएको ट्रान्सर्फमर मर्मत गरी सञ्चालनमा ल्याउने प्रयास गरिए पनि सफल नभएपछि नयाँ ट्रान्सर्फमर ल्याइएको जनाइएको छ।

    प्राधिकरणले १३२/३३ केभी क्षमताको ३० MVAपावर ट्रान्सर्फमर आज मार्कीचोक सवस्टेशनमा ल्याएर जडान प्रक्रिया सुरु गरिएको जनाएको छ। नयाँ उपकरण जडान गर्न करिब दुई दिन लाग्ने अनुमान गरिएको छ।

    नयाँ ट्रान्सर्फमर जडान सम्पन्न भएपछि गोरखा बजारसहित जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा नियमित हुने अपेक्षा गरिएको छ। केही दिनयता पटक–पटक बत्ती जाने र भोल्टेजसम्बन्धी समस्या देखिँदा स्थानीयवासी, व्यवसायी तथा उद्योग–धन्दामा समेत असर परेको थियो।प्राधिकरणले मर्मत तथा जडान कार्य अवधिभर उपभोक्तालाई धैर्य गर्न आग्रह गर्दै सकेसम्म विद्युत् आपूर्ति व्यवस्थापनलाई सहज बनाउने प्रयास भइरहेको जनाएको छ।

    प्रकाशित मिति :जेठ ८, २०८३ शुक्रवार - १५:२०:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको