Logo

बिहिवार, श्रावण १४ गते २०८३

मुग्लिन–काठमाडौं सडकखण्डको सिम्लेमा ट्रकको ठक्करबाट गोरखाका युवक घाइते

मुग्लिन–काठमाडौं सडकखण्डको सिम्लेमा ट्रकको ठक्करबाट गोरखाका युवक घाइते

जोईन खबर

१०, जेठ २०८३
  • 301
    SHARES
  • मुग्लिन–काठमाडौं सडकखण्डको सिम्लेमा ट्रकको ठक्करबाट गोरखाका युवक घाइते

    १० जेष्ठ काठमाडौँ । पृथ्वी राजमार्गबको मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत धादिङको सिम्ले क्षेत्रमा ट्रकको ठक्करबाट गोरखा नगरपालिकाका एक युवक घाइते भएका छन्। दुर्घटनामा गोरखा नगरपालिका–७ नयाँ बजार निवासी आदर्श श्रेष्ठ घाइते भएका हुन्।

    images

    प्राप्त जानकारी अनुसार सिम्ले क्षेत्रमा ट्रकले ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए। दुर्घटनापछि स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा उनको तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।

    घटनापछि प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    पृथ्वी राजमार्गअन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडकखण्डमा पछिल्लो समय सवारी चाप बढेसँगै दुर्घटनाका घटना पनि बढ्दै गएको देखिन्छ। प्रहरीले सडक सुरक्षामा विशेष सावधानी अपनाउन चालकलाई आग्रह गरेको छ।

    प्रकाशित मिति :जेठ १०, २०८३ आइतवार - १३:०४:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको