Logo

बिहिवार, श्रावण १४ गते २०८३

ट्रकको ठक्करबाट गोरखाका युवकको मृत्यु, उपचारकै क्रममा श्रेष्ठले गुमाए ज्यान

ट्रकको ठक्करबाट गोरखाका युवकको मृत्यु, उपचारकै क्रममा श्रेष्ठले गुमाए ज्यान

जोईन खबर

१०, जेठ २०८३
  • 391
    SHARES
  • ट्रकको ठक्करबाट गोरखाका युवकको मृत्यु, उपचारकै क्रममा श्रेष्ठले गुमाए ज्यान

    १० जेष्ठ काठमाडौँ ।  मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका गोरखाका एक युवकको उपचारका क्रममा निधन भएको छ।मृत्यु हुनेमा आदर्श श्रेष्ठ रहेका छन्। उनी गोरखा नगरपालिका–७ नयाँ बजार निवासी रहेको धादिङ प्रहरीले पुष्टि गरेको हो।

    images

    प्रहरीका अनुसार आज बिहान करिब ६ बजेको समयमा काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको मोटरसाइकललाई धादिङबाट काठमाडौं जाँदै गरेको ट्रकले सिम्ले क्षेत्रमा ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए।

    घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौंको कलंकीस्थित एक अस्पतालमा लगिएको थियो। तर उपचारकै क्रममा केहीबेरअघि उनको निधन भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरिएको धादिङ प्रहरीले जानकारी दिएको छ। यस घटनापछि गोरखा बजार तथा नयाँ बजार क्षेत्रमा शोक छाएको स्थानीयले बताएका छन्।

    प्रकाशित मिति :जेठ १०, २०८३ आइतवार - १४:११:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको