Logo

बुधवार, श्रावण १३ गते २०८३

बारपाकमा नेपाली कागज र राडी उद्योगको अनुगमन, ५० बढी महिलाले पाए रोजगारी

बारपाकमा नेपाली कागज र राडी उद्योगको अनुगमन, ५० बढी महिलाले पाए रोजगारी

जोईन खबर

११, जेठ २०८३
  • 829
    SHARES
  • बारपाकमा नेपाली कागज र राडी उद्योगको अनुगमन, ५० बढी महिलाले पाए रोजगारी

    ११ जेष्ठ काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बारपाक सुलिकोट गाउँपालिकाको लगानीमा सञ्चालन भइरहेको नेपाली कागज उत्पादन तथा भेडाको भुत्ला (ऊन) बाट निर्माण गरिने राडी उद्योगको स्थलगत अवलोकन गर्नुभएको छ।

    images

    गाउँपालिकाको पहलमा सञ्चालनमा आएको उक्त उद्योगले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने काम गरिरहेको छ। स्थलगत अवलोकनका क्रममा गाउँपालिका अध्यक्ष भट्टले उद्योगको उत्पादन प्रक्रिया, बजार व्यवस्थापन तथा स्थानीय सहभागिताबारे जानकारी लिनुभएको थियो।

    उद्योगमा हाल बारपाक क्षेत्रका ५० भन्दा बढी महिला दिदीबहिनीहरू प्रत्यक्ष रूपमा रोजगारीमा आबद्ध रहेका छन्। गाउँपालिकाले तालिम प्रदान गरी महिलाहरूलाई सीपमूलक कामसँग जोड्दै स्वरोजगारको अवसर सिर्जना गरेको जनाएको छ। यसबाट स्थानीय महिलाहरू आर्थिक रूपमा सशक्त बन्न थालेका छन्।

    नेपाली कागज उत्पादनलाई गाउँपालिकाले बजार व्यवस्थापनसँग जोडेको छ भने उत्पादित कागज गाउँपालिकाभित्रका विभिन्न काममा समेत प्रयोगमा ल्याइएको बताइएको छ। त्यसैगरी भेडाको ऊनबाट निर्माण गरिने राडी उत्पादनले स्थानीय परम्परागत सीप र स्रोतको उपयोग गर्दै आयआर्जनमा सहयोग पुर्‍याइरहेको छ।

    स्थानीय महिलाहरू गाउँपालिकाको यस पहलप्रति खुसी व्यक्त गर्दै आएका छन् । उनीहरूले गाउँमै रोजगारी पाएपछि आर्थिक अवस्था सुधार हुनुका साथै आत्मनिर्भर बन्न सहज भएको बताएका छन्।गाउँपालिकाले आगामी दिनमा उद्योगको उत्पादन क्षमता अझै विस्तार गर्दै स्थानीय रोजगारी सिर्जना र घरेलु उद्योग प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने योजना रहेको जनाएको छ।

    स्थानीय स्रोत, सीप र उत्पादनलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले नेपाली कागज तथा ऊनजन्य सामग्री उत्पादन कार्यक्रम अघि बढाएको जनाएको छ। सोही क्रममा अध्यक्ष भट्टले उद्योग स्थल पुगेर निर्माणको प्रगति, आवश्यक पूर्वाधार तथा सञ्चालन तयारीको अवस्थाबारे जानकारी लिएका हुन्।

    स्थलगत अवलोकनका क्रममा अध्यक्ष भट्टले स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थको उपयोग गरी उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नु गाउँपालिकाको प्राथमिकतामा रहेको बताए। उनले यस्ता उद्योगले परम्परागत सीप संरक्षणसँगै स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। अवलोकनका क्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा सम्बन्धित सरोकारवालाको समेत सहभागिता रहेको थियो।

    प्रकाशित मिति :जेठ ११, २०८३ सोमवार - १३:०२:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको