Logo

बुधवार, श्रावण १३ गते २०८३

जनता मावि पूर्वविद्यार्थी समाजको अध्यक्षमा भट्टराई सर्वसम्मत चयन

जनता मावि पूर्वविद्यार्थी समाजको अध्यक्षमा भट्टराई सर्वसम्मत चयन

जोईन खबर

११, जेठ २०८३
  • 301
    SHARES
  • जनता मावि पूर्वविद्यार्थी समाजको अध्यक्षमा भट्टराई सर्वसम्मत चयन

    ११ जेष्ठ काठमाडौँ । गोरखाको पालुङ्गटार नगरपालिका–२ आँपपिपलस्थित जनता माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजको अध्यक्षमा इन्द्रराज भट्टराई सर्वसम्मत रूपमा चयन भएका छन्।

    images

    काठमाडौंको वनस्थलीस्थित मदर्स बैंक्वेटमा जेठ ९ गते सम्पन्न बृहत् पूर्वविद्यार्थी भेलाले भट्टराईलाई समाजको अध्यक्ष पदमा चयन गरेको हो। भेलाले नयाँ कार्यसमिति गठन गर्दै विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

    समाजको नवगठित कार्यसमितिको उपाध्यक्षमा विकास वाग्ले, सचिवमा कल्पना बस्ताकोटी, सहसचिवमा जीवन बल्कुटी तथा कोषाध्यक्षमा अनिल परियार चयन भएका छन्। त्यस्तै सदस्यहरूमा गीता मरट्टा, शितल श्रेष्ठ, दिपेन्द्र न्यौपाने र लक्ष्मीश्वर देवकोटा रहेका छन्।

    २०४८ सालमा जनता माध्यमिक विद्यालय आँपपिपलबाट एसएलसी उत्तीर्ण गरेका नवनिर्वाचित अध्यक्ष भट्टराई लामो समयदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। उनले विभिन्न शैक्षिक तथा सामाजिक अभियानमार्फत समुदायस्तरमा योगदान पुर्‍याउँदै आएका छन्।

    भट्टराईसँग काठमाडौँ विश्वविद्यालयमा लामो समय प्राध्यापकका रूपमा कार्य गरेको अनुभव रहेको छ। उनले गोरखाका विभिन्न शैक्षिक संस्थाहरूमा तालिम तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुका साथै शिक्षक तालिम, क्षमता अभिवृद्धि कार्यक्रम र प्रेरणादायी प्रशिक्षणमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। मोटिभेटिभ स्पिकरका रूपमा विभिन्न समुदायमा पुगेर सहजकर्ताको भूमिका खेलेका भट्टराई शिक्षा र नेतृत्व विकासका क्षेत्रमा परिचित मानिन्छन्।

    नवनिर्वाचित अध्यक्ष भट्टराईले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वविद्यार्थीबीच आपसी एकता तथा समन्वय कायम गर्ने र विद्यालय तथा समुदायको हितमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पूर्वविद्यार्थी समाजलाई अझ प्रभावकारी र सक्रिय बनाउँदै विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने लक्ष्य रहेको उनले बताएका छन्।

    प्रकाशित मिति :जेठ ११, २०८३ सोमवार - १४:३६:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको