Logo

बुधवार, श्रावण १३ गते २०८३

सरकारी कार्यालय प्रमुखसँग छलफलमा संसद बुर्लाकोटी, जिल्लाका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता

सरकारी कार्यालय प्रमुखसँग छलफलमा संसद बुर्लाकोटी, जिल्लाका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता

जोईन खबर

११, जेठ २०८३
  • 319
    SHARES
  • सरकारी कार्यालय प्रमुखसँग छलफलमा संसद बुर्लाकोटी, जिल्लाका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता

    ११ जेष्ठ काठमाडौँ । । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा गोरखा क्षेत्र नम्बर २ का सांसद कविन्द्र बुर्लाकोटीले गोरखास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग आज छलफल गरेका छन्। जिल्लामा देखिएका विभिन्न समस्या, सेवा प्रवाहको अवस्था तथा समाधानका उपायबारे जानकारी लिने उद्देश्यले उक्त छलफल आयोजना गरिएको हो।

    images

    छलफलका क्रममा सांसद बुर्लाकोटीले जिल्लाका नागरिकले सरकारी सेवा लिँदा भोग्नुपरेका समस्या, विकास निर्माणका काम, प्रशासनिक चुनौती तथा कार्यालयहरूको कार्यसम्पादनबारे जानकारी लिएको बताइएको छ। उनले सरकारी निकायबीच समन्वय बढाएर जनताका समस्या समाधानमा प्रभावकारी पहल आवश्यक रहेको धारणा राखेका छन्।

    जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग भएको छलफलमा स्थानीय आवश्यकता, विकास आयोजनाको प्रगति, सेवा प्रवाहलाई सहज बनाउने विषय तथा देखिएका चुनौतीबारे समेत समीक्षा गरिएको जनाइएको छ। सांसद बुर्लाकोटीले जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।

    नेपालमा प्रायः प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री वा उच्च तहका राजनीतिक नेतृत्व जिल्ला भ्रमणमा जाँदा सरकारी कार्यालय प्रमुखहरूसँग छलफल गर्ने अभ्यास रहँदै आएको छ। सोही सन्दर्भमा रास्वपा महामन्त्री तथा सांसद बुर्लाकोटीले पनि जिल्लाको समग्र अवस्था बुझ्ने र समाधानका लागि पहल गर्ने उद्देश्यसहित सरकारी अधिकारीहरूसँग छलफल गरेका हुन्।छलफलपछि जिल्लाका समस्या समाधान, सेवा प्रवाह सुधार तथा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र पहललाई थप तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

    प्रकाशित मिति :जेठ ११, २०८३ सोमवार - १५:५२:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको