Logo

बुधवार, श्रावण १३ गते २०८३

गणतन्त्र दिवस सम्बोधन विवाद ,राष्ट्रपतिले नै सम्बोधन गर्नुस्’ भन्ने सिफारिसपछि असन्तुष्टि भएको चर्चा

गणतन्त्र दिवस सम्बोधन विवाद ,राष्ट्रपतिले नै सम्बोधन गर्नुस्’ भन्ने सिफारिसपछि असन्तुष्टि भएको चर्चा

जोईन खबर

११, जेठ २०८३
  • 235
    SHARES
  • गणतन्त्र दिवस सम्बोधन विवाद ,राष्ट्रपतिले नै सम्बोधन गर्नुस्’ भन्ने सिफारिसपछि असन्तुष्टि भएको चर्चा

     

    images

    ११ जेष्ठ काठमाडौं । गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना हुने औपचारिक समारोहमा सम्बोधन कसले गर्ने भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले आफूले सम्बोधन नगरी राष्ट्रपति रामचन्द्र पौडेललाई नै सम्बोधन गर्न सिफारिससहित पत्र पठाएको भन्ने दाबी सार्वजनिक भएपछि त्यसबारे विभिन्न टिप्पणी भइरहेका छन्।

    स्रोतहरूको दाबीअनुसार प्रधानमन्त्रीले गणतन्त्र दिवसको औपचारिक समारोहमा राष्ट्रपतिले नै सम्बोधन गर्नु उपयुक्त हुने सुझावसहित पत्राचार गरेका थिए। उक्त विषयलाई लिएर राष्ट्रपति असन्तुष्ट बनेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको बताइएको छ। यद्यपि यसबारे औपचारिक पुष्टि भने भएको छैन।

    यस घटनालाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले राष्ट्रिय दिवसका अवसरमा सरकार प्रमुखको भूमिका र जिम्मेवारी स्पष्ट हुनुपर्ने तर्क गरेका छन्। “यो जिम्मेवारी प्रधानमन्त्रीकै हो, तयारी गरेर सम्बोधन गर्नुपर्छ, सार्वजनिक पदमा रहेपछि जवाफदेही हुनुपर्छ,” भन्ने धारणा सामाजिक सञ्जाल र सार्वजनिक बहसमा व्यक्त भइरहेको छ।

    गणतन्त्र दिवस राज्यको प्रमुख राष्ट्रिय समारोहमध्ये एक भएकाले यसमा सरकार र राष्ट्र प्रमुखको भूमिका, औपचारिकता तथा जिम्मेवारीबारे बहस हुनु स्वाभाविक मानिएको छ। यद्यपि समारोहको अन्तिम कार्यतालिका र सम्बोधनको औपचारिक विवरण सम्बन्धित निकायबाट सार्वजनिक भएपछि मात्र वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :जेठ ११, २०८३ सोमवार - १६:४७:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको