Logo

बुधवार, श्रावण १३ गते २०८३

नयाँ संसद् भवनबाट बजेट प्रस्तुत नहुने, कामचलाउ हलमै संयुक्त सदन बस्ने

नयाँ संसद् भवनबाट बजेट प्रस्तुत नहुने, कामचलाउ हलमै संयुक्त सदन बस्ने

जोईन खबर

१४, जेठ २०८३
  • 427
    SHARES
  • नयाँ संसद् भवनबाट बजेट प्रस्तुत नहुने, कामचलाउ हलमै संयुक्त सदन बस्ने

    १४ जेष्ठ काठमाडौँ ।  भोलि सङ्घीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्ष २०८३ – ८४ को बजेट नयाँ संसद् भवनबाट प्रस्तुत नहुने भएको छ। प्राविधिक कामहरू समयमै सम्पन्न हुन नसकेपछि नयाँ हलबाट बजेट वाचन गर्ने तयारी असम्भवजस्तै बनेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

    images

    सङ्घीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार नयाँ संसद् भवनमा आवश्यक प्राविधिक व्यवस्थापन पूरा नभएकाले बजेट प्रस्तुत गर्ने योजना प्रभावित भएको हो।‘प्राविधिक कामहरू सकिएनन्, नयाँ हलबाट बजेट वाचन असम्भवजस्तै भयो। चुनौतीपूर्ण देखियो,’  प्रवक्ता सहसचिव  एकराम गिरीले भने।

    यससँगै आर्थिक वर्षको बजेट प्रतिनिधिसभा बैठक सञ्चालन हुँदै आएको कामचलाउ हलबाटै प्रस्तुत हुने लगभग निश्चित भएको छ। हाल प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित अस्थायी व्यवस्थापन गरिएको हलबाट सञ्चालन हुँदै आएको छ।

    सिंहदरबारको पुतली बगैँचा क्षेत्रमा निर्माणाधीन नयाँ संसद् भवन तोकिएको समयमा सम्पन्न हुन नसक्दा संसद्का नियमित बैठकहरू अझै कामचलाउ व्यवस्थामै सञ्चालन भइरहेका छन्। संसद् सचिवालयले नयाँ भवनको निर्माण तथा प्राविधिक पूर्वाधार पूरा भएपछि मात्रै नियमित संसदीय गतिविधि त्यहाँबाट सञ्चालन गरिने जनाएको छ।भोलि बस्ने संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने तयारी गरिरहेको छ।

    प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - १४:५७:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको