Logo

बुधवार, श्रावण १३ गते २०८३

 जेठ १५ गते पाँचौँ खुल्ला रक्तदान कार्यक्रम आयोजना

 जेठ १५ गते पाँचौँ खुल्ला रक्तदान कार्यक्रम आयोजना

जोईन खबर

१४, जेठ २०८३
  • 949
    SHARES
  •  जेठ १५ गते पाँचौँ खुल्ला रक्तदान कार्यक्रम आयोजना

    १४ जेष्ठ काठमाडौं । गोरखा ताकुकोट सेवा समाज काठमाडौंले गणतन्त्र दिवसको अवसर पारेर पाँचौँ खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले यही जेठ १५ गते शुक्रबार बिहान १०:०० बजेदेखि दिउँसो २:३० बजेसम्म बनस्थली चोक, काठमाडौंमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

    images

    समाजले कार्यक्रमलाई मानव सेवाको अभियानसँग जोड्दै सम्पूर्ण पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, सल्लाहकार तथा आजीवन सदस्यहरूलाई कार्यक्रममा अनिवार्य उपस्थित भई रक्तदान गर्न हार्दिक आग्रह गरेको छ। साथै आफ्ना साथीभाइ, आफन्तजन तथा शुभेच्छुकहरूलाई समेत जानकारी गराई कार्यक्रममा सहभागी गराउन अनुरोध गरिएको छ।

    समाजका अनुसार “रक्तदान जीवनदान” भन्ने महान भावनासहित आयोजना गर्न लागिएको उक्त कार्यक्रमले आपतकालीन अवस्थामा रगत अभाव झेलिरहेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता आवश्यक रहेको समाजले जनाएको छ। मानव सेवाको पुण्य कार्यमा सबैको साथ, सहयोग र उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास आयोजकको छ।

    यस वर्षको रक्तदान कार्यक्रममा सह–आयोजकका रूपमा संकल्प गोरखा तथा श्री पञ्च महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले समेत सहकार्य गर्ने भएका छन्। आयोजकले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई बलियो बनाउने उद्देश्यसहित कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

    प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - १५:१०:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको