Logo

बुधवार, श्रावण १३ गते २०८३

अमेरिकाबाट पत्नीसहित फर्किँदै गरेका गोरखाका वृद्धको विमानमै निधन

अमेरिकाबाट पत्नीसहित फर्किँदै गरेका गोरखाका वृद्धको विमानमै निधन

जोईन खबर

१७, जेठ २०८३
  • 322
    SHARES
  • अमेरिकाबाट पत्नीसहित फर्किँदै गरेका गोरखाका वृद्धको विमानमै निधन

    १७ जेष्ठ काठमाडौँ । अमेरिकाबाट नेपाल फर्किँदै गरेका गोरखाका एक वृद्धको विमानभित्रै निधन भएको छ।आज बिहान ६ः३५ बजे काठमाडौँ अवतरण गरेको टर्किस एयरलाइन्सको फ्लाइट नम्बर TK-726 मा सवार ७३ वर्षीय श्यामहरि मरहठ्ठा अचेत अवस्थामा फेला परेका थिए। उनी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौंको सामाखुशीमा बसोबास गर्दै आएका थिए।

    images

    प्रहरीका अनुसार विमान काठमाडौँ आइपुग्दा उनी अचेत अवस्थामा भेटिएका थिए। आवश्यक जाँचपछि उनको मृत्यु भएको पुष्टि गरिएको हो। मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट नेपाल फर्किरहेका थिए।

    घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली विमानस्थल पुगेको थियो। हाल शवको जाँच मुचुल्का तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको Nepal Police ले जनाएको छ।मृत्युको कारण खुल्न बाँकी रहेको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाको वास्तविक कारणबारे थप जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ।

    यस घटनाले परिवार, आफन्त तथा गोरखा जिल्लावासीलाई शोकमा डुबाएको छ। अमेरिकाबाट स्वदेश फर्किने क्रममा भएको उक्त दुःखद घटनाप्रति विभिन्न व्यक्तिहरूले समवेदना व्यक्त गरेका छन्।

    प्रकाशित मिति :जेठ १७, २०८३ आइतवार - ११:०७:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको