Logo

बुधवार, श्रावण १३ गते २०८३

गणतन्त्र दिवसमा शहीद प्रेम ढकाल स्मृति १५ शैय्याको अस्पताल उद्घाटन, उत्कृष्ट विद्यार्थीदेखि कृषकसम्म सम्मानित

गणतन्त्र दिवसमा शहीद प्रेम ढकाल स्मृति १५ शैय्याको अस्पताल उद्घाटन, उत्कृष्ट विद्यार्थीदेखि कृषकसम्म सम्मानित

जोईन खबर

१७, जेठ २०८३
  • 433
    SHARES
  • गणतन्त्र दिवसमा शहीद प्रेम ढकाल स्मृति १५ शैय्याको अस्पताल उद्घाटन, उत्कृष्ट विद्यार्थीदेखि कृषकसम्म सम्मानित

    १७ जेष्ठ काठमाडौँ । गणतन्त्र दिवस २०८३ को अवसरमा बारपाक सुलिकोट गाउँपालिका–४, हुँडीफाँटमा नवनिर्मित शहीद प्रेम ढकाल स्मृति आधारभूत (१५ शैय्या) अस्पताल को समुद्घाटन भव्य रूपमा सम्पन्न भएको छ। साथै, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न गरिएको छ।

    images

    नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक महत्वलाई स्मरण गर्दै आयोजित कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा समृद्धिको क्षेत्रमा गाउँपालिकाले हासिल गरेका उपलब्धिहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमले नागरिक सेवाको पहुँच विस्तार गर्दै विकासप्रतिको गाउँपालिकाको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।समारोहअन्तर्गत विशेषज्ञ चिकित्सकहरूको सहभागितामा निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरबाट सयौं स्थानीय नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका थिए।

    त्यसैगरी, “शहीदहरूको बलिदानी र संघीय लोकतान्त्रिक गणतन्त्र” शीर्षकमा माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यार्थी तथा कृषकहरूलाई सम्मानसमेत गरिएको थियो।

    एसईई परीक्षामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। विशेषगरी, विद्यार्थी युनिक पनेरु ले एसईई परीक्षामा ४।० जीपीए प्राप्त गरी गाउँपालिकाको नाम गौरवान्वित बनाएको भन्दै प्रोत्साहनस्वरूप रु.१ लाख नगद पुरस्कार प्रदान गरिएको छ। साथै ३.४ भन्दा माथि जीपीए प्राप्त गर्ने अन्य १० जना विद्यार्थीलाई रु.१० हजारदेखि १५ हजारसम्म नगदसहित सम्मान गरिएको थियो।

    कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाहरूबाट सम्पन्न विकास निर्माण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रका उपलब्धिहरू समेटिएको प्रदर्शनीसमेत आयोजना गरिएको थियो। प्रदर्शनीमार्फत गाउँपालिकाले हासिल गरेका प्रगति र भावी योजनाहरू जनसमक्ष प्रस्तुत गरिएको थियो।

    समारोहलाई थप आकर्षक बनाउन चर्चित जनवादी कलाकार केशरी घर्ती मगर, दीपक राई तथा लोक तथा दोहोरी गायक सागर गुरुङ र सञ्जय गुरुङलगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। स्थानीय प्रतिभाहरूको सांस्कृतिक प्रस्तुति र जनसहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण तथा स्मरणीय बनाएको थियो।

    गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य सेवा विस्तार, शिक्षा क्षेत्रमा उत्कृष्टता प्रोत्साहन तथा नागरिक केन्द्रित विकासका कार्यक्रममार्फत समृद्ध बारपाक सुलिकोट निर्माणको प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

    709548918_1397068815781321_7096757049696666125_n.jpg709635544_1397068115781391_4853040084712125330_n.jpg709670637_1397066869114849_5322916665035025622_n.jpg710059065_1397066705781532_2836432422173449554_n.jpg

    प्रकाशित मिति :जेठ १७, २०८३ आइतवार - ११:४८:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको