Logo

बुधवार, श्रावण १३ गते २०८३

शक्तिचोकदेखि नगरपालिका चोकसम्म सडक स्तरोन्नति सुरु, ७ करोडको योजनाले फेरिने गोरखा बजारको स्वरूप

शक्तिचोकदेखि नगरपालिका चोकसम्म सडक स्तरोन्नति सुरु, ७ करोडको योजनाले फेरिने गोरखा बजारको स्वरूप

जोईन खबर

१७, जेठ २०८३
  • 199
    SHARES
  • शक्तिचोकदेखि नगरपालिका चोकसम्म सडक स्तरोन्नति सुरु, ७ करोडको योजनाले फेरिने गोरखा बजारको स्वरूप

    १७ जेष्ठ काठमाडौँ ।  गोरखाको गोरखा नगरपालिकाले शक्तिचोकदेखि नगरपालिका चोकसम्म सडक स्तरोन्नति, फुटपाथ तथा नाला निर्माणसहितको बहुवर्षीय योजना कार्यान्वयन सुरु गरेको छ। नगरपालिकाले बजार क्षेत्रको सडक पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले उक्त आयोजनाको निर्माण कार्य अघि बढाएको जनाएको छ।

    images

    नगरपालिकाका अनुसार हरमटारीचोकदेखि नगरपालिका चोकसम्म सडक विस्तार, नाला व्यवस्थापन तथा फुटपाथ निर्माण गरिनेछ। आयोजना अन्तर्गत सडकको दायाँ–बायाँ भाग ८–८ मिटर चौडा बनाइनेछ, जसले सवारी आवागमनलाई सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

    नगरपालिकाका इञ्जिनियर प्रकाश ढकालका अनुसार हरमटारीचोकदेखि रंगशालाचोकसम्म थप पार्किङ क्षेत्र पनि निर्माण गरिनेछ। बजार क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न पार्किङ स्थल निर्माणले महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।यसै ठेक्काअन्तर्गत शक्तिचोकस्थित तीनधारे खोलामा कल्भर्ट निर्माण गरिनेछ भने बिसौनी मोड क्षेत्रमा फुटपाथ निर्माणको काम पनि गरिनेछ। यसबाट पैदलयात्रीको आवागमन सुरक्षित र सहज हुने नगरपालिकाको भनाइ छ।

    करिब ७ करोड रुपैयाँ लागतको उक्त आयोजना २०८४ साल असोज १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नगरपालिकाले हाल पेट्रोलपम्प क्षेत्रबाट निर्माण कार्य सुरु गरिएको जानकारी दिएको छ।सडक विस्तार, नाला व्यवस्थापन, फुटपाथ तथा पार्किङ निर्माणपछि गोरखा बजार क्षेत्रको यातायात व्यवस्थापन, सौन्दर्यीकरण तथा नागरिक सुविधामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :जेठ १७, २०८३ आइतवार - १२:२३:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको