Logo

बुधवार, श्रावण १३ गते २०८३

महिलामाथि कुटपिटको आरोपमा रास्वपा गाउँपालिका सभापति शाही पक्राउ

महिलामाथि कुटपिटको आरोपमा रास्वपा गाउँपालिका सभापति शाही पक्राउ

जोईन खबर

१८, जेठ २०८३
  • 367
    SHARES
  • महिलामाथि कुटपिटको आरोपमा रास्वपा गाउँपालिका सभापति शाही पक्राउ

    १८ जेष्ठ काठमाडौँ । एक महिलामाथि हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता मोहन विक्रम शाही पक्राउ परेका छन्। शाही रास्वपाका कुशे गाउँपालिका सभापति हुन्।

    images

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत जेठ १६ गते बिहान करिब ८ बजे कुशे गाउँपालिका–६ घरङ्गास्थित स्वास्थ्य चौकी भवनभित्र शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात तथा कुटपिट गरेको आरोप लागेको छ।

    घटनापछि पीडित पक्षबाट महिलामाथि दुर्व्यवहार भएको भन्दै उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले शाहीलाई नियन्त्रणमा लिएको थियो।जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिर कुमार खड्का ले शाहीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप गरिएको छ। सो अवधिसम्म शाहीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइने भएको छ।सोमबार जारी गरिएको प्रहरी विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। घटनाले स्थानीय स्तरमा चासोको विषय बनेको छ भने अनुसन्धानको निष्कर्षपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :जेठ १८, २०८३ सोमवार - १८:३४:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको