Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै, बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने

प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै, बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने

जोईन खबर

१९, जेठ २०८३
  • 367
    SHARES
  • प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै, बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने

    १९ जेष्ठ काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० सम्बन्धी कार्यसूची मुख्य रहनेछ।

    images

    बैठकको सुरुमा सभामुख डीपी अर्याल ले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।

    त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    उक्त प्रस्तावपछि आगामी बजेटमाथि प्रतिनिधि सभामा सामान्य छलफल औपचारिक रूपमा सुरु हुने संसद् सचिवालयले जनाएको छ।सरकारले प्रस्तुत गरेको बजेटको प्राथमिकता, स्रोत व्यवस्थापन, खर्च संरचना तथा विकास आयोजनामाथि सांसदहरूले आ–आफ्नो धारणा राख्ने तयारी रहेको छ।

    प्रकाशित मिति :जेठ १९, २०८३ मंगलवार - ११:५६:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको