Logo

बुधवार, श्रावण १३ गते २०८३

सीमा विवादबारे प्रधानमन्त्री पुनः संसदमा जवाफ दिन तयार छन् : सरकारका प्रवक्ता पोखरेल

सीमा विवादबारे प्रधानमन्त्री पुनः संसदमा जवाफ दिन तयार छन् : सरकारका प्रवक्ता पोखरेल

जोईन खबर

१९, जेठ २०८३
  • 325
    SHARES
  • सीमा विवादबारे प्रधानमन्त्री पुनः संसदमा जवाफ दिन तयार छन् : सरकारका प्रवक्ता पोखरेल

    १९ जेष्ठ काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाल–भारत सीमा विवाद लगायतका विषयमा प्रधानमन्त्री बालेन शाह पुनः संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन्। प्रधानमन्त्रीले यसअघि संसदमा व्यक्त गरेको धारणा तथ्यमा आधारित रहेको बताउँदै उनले आवश्यक परे फेरि पनि सदनमा उपस्थित भई स्पष्टीकरण दिने बताएका हुन्।

    images

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको उल्लेख गरे। उनले भने, “प्रधानमन्त्रीज्यू अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दा उहाँ फेरि सदनमा आएर जवाफ दिनुहुन्छ।”

    गत जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही भूमि उपयोग गरिरहेको हुन सक्ने अभिव्यक्ति दिएपछि उक्त विषयलाई लिएर विभिन्न राजनीतिक तथा सार्वजनिक वृत्तमा आलोचना भएको थियो।

    यस विषयमा बोल्दै प्रवक्ता पोखरेलले कतिपय स्थानमा भारतले उपभोग गरिरहेको भूभाग नेपालतर्फ पर्न सक्ने र नेपालले प्रयोग गरिरहेको केही भूभाग भारततर्फ पर्न सक्ने विषय सम्बन्धित अध्ययन तथा संयन्त्रबाट आएको तथ्य रहेको बताए। उनका अनुसार प्रधानमन्त्रीले संसदमा त्यही वास्तविकता प्रस्तुत गरेका हुन्।

    पोखरेलले सीमा विवाद समाधानका लागि नेपाल र भारतबीच पहिलेदेखि नै विभिन्न कूटनीतिक तथा प्राविधिक संयन्त्र सक्रिय रहेको जानकारी दिए। उनले भने, “दुई देशबीच सीमा विवाद समाधान गर्न विभिन्न संयन्त्रहरू छन्। नेपालले पनि कूटनीतिक नोट पठाएको छ, भारतले पनि पठाएको छ। दुवै देशबीच संवाद र स्थापित संयन्त्रमार्फत बाँकी रहेका सीमा विवाद समाधान गरिनेछ।”
    सरकारले नेपाल–भारत सीमा विवादलाई संवेदनशील विषयका रूपमा लिँदै संवाद, तथ्यगत अध्ययन र कूटनीतिक पहलमार्फत समाधान खोज्ने नीति कायम राखेको जनाएको छ।

    प्रकाशित मिति :जेठ १९, २०८३ मंगलवार - १४:०१:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको