२० जेष्ठ काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवास परिसरबाट भदौ २३ र २४ गते हात्तीको दाह्रा चोरी भएको घटनामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेकाहरूबाट चोरी भएको दाह्रा समेत बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौंको मनमैजु बस्ने २९ वर्षीय राजिब महर्जन, गोरखाको अजिरकोट गाउँपालिका–४ का २० वर्षीय सन्तबहादुर भुजेल, धार्चे गाउँपालिका–४ लाप्राकका २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं बसन्तपुर बस्ने आयुष महर्जन र बैतडीका ३० वर्षीय पुरन बोहरा रहेका छन्।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरी सोधपुछ गर्दा चोरीमा संलग्नता पुष्टि भएपछि सार्वजनिक गरिएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।