Logo

बुधवार, श्रावण १३ गते २०८३

वाईसिएल नेपाल गोरखाद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध ज्ञापनपत्र बुझायो

वाईसिएल नेपाल गोरखाद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध ज्ञापनपत्र बुझायो

जोईन खबर

२०, जेठ २०८३
  • 817
    SHARES
  • वाईसिएल नेपाल गोरखाद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध ज्ञापनपत्र बुझायो

    २० जेष्ठ काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा राष्ट्रियता र सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै वाईसिएल नेपाल गोरखा जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय गोरखामार्फत ज्ञापनपत्र बुझाएको छ।

    images

    वाईसिएल नेपाल गोरखाका अनुसार संगठनका केन्द्रीय सदस्य तथा गोरखा इन्चार्ज सागर श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो।ज्ञापनपत्रमा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपाली नागरिकको राष्ट्रिय भावनामा चोट पुगेको दाबी गर्दै उक्त अभिव्यक्ति फिर्ता लिन तथा सार्वजनिक रूपमा माफी माग्न माग गरिएको छ।

    संगठनले केन्द्रीय समितिको निर्देशनअनुसार देशभरका ७६ जिल्ला प्रशासन कार्यालयमार्फत एकैसाथ ज्ञापनपत्र बुझाइएको जनाएको छ। यसअघि हिजो देशव्यापी रूपमा मशाल जुलुस प्रदर्शन गर्दै विरोध कार्यक्रम गरिएको पनि वाईसिएल नेपालले जनाएको छ।

    ज्ञापनपत्र बुझाउने क्रममा वाईसिएल नेपाल गोरखाले प्रधानमन्त्रीले छिट्टै आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गरी माफी नमागे थप संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ।संगठनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको सार्वभौमिकतासँग सम्बन्धित विषयमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेको छ।

    715436330_2106039940317755_3207253340866910902_n.jpg

    715158054_2106039776984438_2605160404973471987_n.jpg

    प्रकाशित मिति :जेठ २०, २०८३ बुधवार - १८:४४:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको