Logo

बुधवार, श्रावण १३ गते २०८३

सहिद लखन गाउँपालिकाद्वारा निगालो र बाँसजन्य सामग्री निर्माण तालिम, परम्परागत सीपलाई व्यवसायसँग जोड्ने पहल

सहिद लखन गाउँपालिकाद्वारा निगालो र बाँसजन्य सामग्री निर्माण तालिम, परम्परागत सीपलाई व्यवसायसँग जोड्ने पहल

जोईन खबर

२१, जेठ २०८३
  • 331
    SHARES
  • सहिद लखन गाउँपालिकाद्वारा निगालो र बाँसजन्य सामग्री निर्माण तालिम, परम्परागत सीपलाई व्यवसायसँग जोड्ने पहल

    २१ जेष्ठ काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका–५ तिनमाने डाँडागाउँका स्थानीयवासीलाई परम्परागत सीपको संरक्षण तथा आयआर्जनसँग जोड्ने उद्देश्यले निगालो र बाँसको चोयाबाट विभिन्न सामग्री निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ।

    images

    गाउँपालिकाले स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोतको सदुपयोग गर्दै परम्परागत हस्तकलालाई व्यावसायिक रूपमा विकास गर्ने लक्ष्यसहित उक्त तालिम सञ्चालन गरेको हो। तालिममा सहभागीहरूलाई निगालो र बाँसको चोयाबाट दैनिक प्रयोगमा आउने विभिन्न सामग्री, सजावटका सामग्री तथा बजारमा बिक्री गर्न सकिने हस्तकलाका वस्तु निर्माण गर्ने सीप सिकाइएको थियो।

    तालिमका क्रममा सहभागीहरूलाई सामग्री छनोट, प्रशोधन, डिजाइन निर्माण तथा उत्पादनको गुणस्तर सुधारका विषयमा समेत व्यावहारिक ज्ञान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोत र सीपलाई आधुनिक बजारसँग जोडेर स्वरोजगार तथा उद्यमशीलता विकासमा टेवा पुर्‍याउने उद्देश्य तालिमको रहेको बताइएको छ।गाउँपालिकाका प्रतिनिधिहरूले परम्परागत रूपमा गर्दै आएको कामलाई व्यवस्थित र व्यवसायमुखी बनाउन सके स्थानीयवासीको आयआर्जन वृद्धि हुनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

    तालिममा सहभागी स्थानीयवासीहरूले आफूहरूले पुस्तौंदेखि गर्दै आएको सीपलाई थप परिष्कृत गर्ने अवसर प्राप्त भएको बताउँदै उत्पादनलाई बजारसम्म पुर्‍याउन स्थानीय तहबाट आवश्यक सहयोगको अपेक्षा गरेका छन्।गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गर्दै ग्रामीण उद्यम विकास र आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ।

    प्रकाशित मिति :जेठ २१, २०८३ बिहिवार - १२:३५:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको