Logo

बुधवार, श्रावण १३ गते २०८३

ट्याक्सीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु, चालक नियन्त्रणमा

ट्याक्सीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु, चालक नियन्त्रणमा

जोईन खबर

२२, जेठ २०८३
  • 385
    SHARES
  • ट्याक्सीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु, चालक नियन्त्रणमा

    २२ जेष्ठ काठमाडौँ । तारकेश्वर नगरपालिका–९ फुटुङस्थित ग्याडोल क्षेत्रमा भएको सवारी दुर्घटनामा एक ४ वर्षीय बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार बागमती प्रदेश ०१–००२ ज ७९३३ नम्बरको ट्याक्सीले ठक्कर दिँदा गोरखा नगरपालिका–२ ताप्ले घर भई हाल काठमाडौंको मनमैजुमा बसोबास गर्दै आएका ४ वर्षीय स्पर्श बानियाँ गम्भीर घाइते भएका थिए।

    images

    दुर्घटनापछि घाइते बालकलाई उपचारका लागि बसुन्धारास्थित ईशान बाल अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनापछि ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। बालकको असामयिक निधनप्रति स्थानीयवासी तथा आफन्तजनले दुःख व्यक्त गरेका छन्। प्रहरीले सडक सुरक्षाप्रति सबैलाई सचेत रहन आग्रह गर्दै दुर्घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ।

    प्रकाशित मिति :जेठ २२, २०८३ शुक्रवार - ११:२८:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको