Logo

बुधवार, श्रावण १३ गते २०८३

रुपन्देहीमा १ सय ३४ फिटको भ्यूटावर, ओलीले गरे उद्घाटन

रुपन्देहीमा १ सय ३४ फिटको भ्यूटावर, ओलीले गरे उद्घाटन

जोईन खबर

१५, चैत्र २०७८
  • 838
    SHARES
  • रुपन्देहीमा १ सय ३४ फिटको भ्यूटावर, ओलीले गरे उद्घाटन

    रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण भएको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् ।

    images

    २०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ ।

    कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजनमा प्रयोग हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण भएको टावर आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो । १० तले टावर एक सय ३४ फिट उचाइको छ ।

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १३:२२:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको