Logo

मंगलवार, श्रावण १२ गते २०८३

पूर्व गृहमन्त्री सुदन गुरुङ र सांसद कबिन्द्र बोर्लाकोटी आज गोरखा आउँदै

पूर्व गृहमन्त्री सुदन गुरुङ र सांसद कबिन्द्र बोर्लाकोटी आज गोरखा आउँदै

जोईन खबर

२४, जेठ २०८३
  • 283
    SHARES
  • पूर्व गृहमन्त्री सुदन गुरुङ र सांसद कबिन्द्र बोर्लाकोटी आज गोरखा आउँदै

    २४ जेष्ठ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको जिल्ला अधिवेशनमा सहभागी हुन पूर्व गृहमन्त्री सुदन गुरुङ तथा प्रतिनिधिसभा सदस्य कबिन्द्र बोर्लाकोटी आज गोरखा आउने भएका छन्।

    images

    रास्वपा गोरखाले आयोजना गरेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै दुवै नेताले पार्टीको संगठन विस्तार, वर्तमान राजनीतिक अवस्था तथा आगामी कार्यदिशाबारे आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ।

    पार्टीलाई जिल्लास्तरमा थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गरिएको अधिवेशनमा गोरखासहित आसपासका क्षेत्रका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

    अधिवेशनमार्फत जिल्ला नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, पार्टीको भावी रणनीति तथा जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।रास्वपाले देशभर संगठन विस्तार अभियानलाई तीव्रता दिइरहेका बेला गोरखामा हुन लागेको जिल्ला अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।

    प्रकाशित मिति :जेठ २४, २०८३ आइतवार - ११:५४:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको