Logo

मंगलवार, श्रावण १२ गते २०८३

राखेपले एन्फा पदाधिकारीलाई विदेश जान अनुमति दिएन, विश्वकप भ्रमण अन्योलमा

राखेपले एन्फा पदाधिकारीलाई विदेश जान अनुमति दिएन, विश्वकप भ्रमण अन्योलमा

जोईन खबर

२५, जेठ २०८३
  • 361
    SHARES
  • राखेपले एन्फा पदाधिकारीलाई विदेश जान अनुमति दिएन, विश्वकप भ्रमण अन्योलमा


    २५ जेष्ठ काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार गरेको छ।

    images

    फिफा विश्वकप २०२६ अन्तर्गतको कार्यक्रममा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई प्रतिबन्ध हटाउन अनुरोध गर्दै सोमबार राखेप पुगेका थिए। तर, राखेपले हालको अवस्थामा विदेश जान अनुमति दिन नसकिने स्पष्ट पारेको छ।

    राखेपका सदस्य सचिव रामचरित्र मेहता का अनुसार एन्फाका पदाधिकारीमाथि लगाइएको रोक तत्काल हटाउने कुनै निर्णय नभएको र आवश्यक प्रक्रिया तथा छानबिन पूरा नभएसम्म प्रतिबन्ध यथावत रहनेछ।

    स्रोतका अनुसार विदेश यात्रा खुलाउन एन्फाका पदाधिकारीहरू यसअघि अध्यागमन विभागसमेत पुगेका थिए। तर, अध्यागमन विभागले राखेपबाट आवश्यक सिफारिस लिएर आउन आग्रह गरेपछि उनीहरू पुनः राखेप पुगेका हुन्।

    एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईले जुन ११ बाट सुरु हुने FIFA World Cup 2026 सम्बन्धी कार्यक्रममा सहभागी हुन सोमबार राति नै Mexico प्रस्थान गर्ने तयारी गरेका थिए। तर, राखेपले अनुमति नदिएपछि उनीहरूको भ्रमण कार्यक्रम अन्योलमा परेको छ।

    यसअघि एन्फाको आर्थिक गतिविधिसम्बन्धी विषयमा छानबिन सुरु भएपछि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश यात्रा गर्न रोक लगाएको थियो। उक्त निर्णयपछि एन्फा नेतृत्वले प्रतिबन्ध फुकुवाका लागि विभिन्न निकायमा पहल गर्दै आएको छ।

    राखेपको पछिल्लो निर्णयसँगै एन्फा पदाधिकारीहरूको विदेश भ्रमण तत्कालका लागि रोकिएको छ भने आर्थिक अनियमिततासम्बन्धी छानबिन प्रक्रिया पूरा नहुँदासम्म प्रतिबन्ध हट्ने सम्भावना न्यून देखिएको छ। खेलकुद क्षेत्रका सरोकारवालाले भने यस विषयलाई चासोका साथ हेरिरहेका छन्।

     

     

     

    प्रकाशित मिति :जेठ २५, २०८३ सोमवार - १७:२६:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको