Logo

मंगलवार, श्रावण १२ गते २०८३

सरकारी विज्ञापनमा विभेद गरेको भन्दै पत्रकार महासंघ गोरखाद्वारा प्रजिअमार्फत सरकारलाई ज्ञापनपत्र

सरकारी विज्ञापनमा विभेद गरेको भन्दै पत्रकार महासंघ गोरखाद्वारा प्रजिअमार्फत सरकारलाई ज्ञापनपत्र

जोईन खबर

२५, जेठ २०८३
  • 907
    SHARES
  • सरकारी विज्ञापनमा विभेद गरेको भन्दै पत्रकार महासंघ गोरखाद्वारा प्रजिअमार्फत सरकारलाई ज्ञापनपत्र

    २५ जेष्ठ काठमाडौँ । नेपाल पत्रकार महासंघ गोरखा शाखाले सञ्चार माध्यमहरूमाथि सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

    images

    महासंघ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकालको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो। सरकारले हालै सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्रै प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको भन्दै महासंघले उक्त निर्णयप्रति आपत्ति जनाएको छ।

    ज्ञापनपत्रमा सरकारी विज्ञापन वितरणमा अपनाइएको नीति प्रेस स्वतन्त्रता, समान अवसर तथा प्रतिस्पर्धात्मक सञ्चार वातावरणको मर्मविपरीत रहेको उल्लेख गरिएको छ। निजी तथा सामुदायिक सञ्चार माध्यमलाई बेवास्ता गर्दै सरकारी सञ्चार माध्यमलाई मात्रै प्राथमिकता दिनुले सञ्चार क्षेत्रलाई आर्थिक रूपमा कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर पर्ने महासंघको भनाइ छ।

    महासंघले लोकतान्त्रिक व्यवस्थामा सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्नुपर्ने उल्लेख गर्दै विभेदपूर्ण निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेको छ। साथै, सरकारी सूचना तथा विज्ञापन वितरण प्रक्रियालाई पारदर्शी, न्यायोचित र समावेशी बनाउन आवश्यक कदम चाल्न पनि आग्रह गरिएको छ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले पत्रकार महासंघको माग र चासोलाई सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    नेपाल पत्रकार महासंघ गोरखा शाखाले सञ्चार क्षेत्रको स्वायत्तता, प्रेस स्वतन्त्रता तथा सञ्चार माध्यमहरूको समान अधिकार सुनिश्चित गर्न आवश्यक परे थप आन्दोलनका कार्यक्रमसमेत अघि बढाउने चेतावनी दिएको छ।

    प्रकाशित मिति :जेठ २५, २०८३ सोमवार - १८:१५:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको