Logo

मंगलवार, श्रावण १२ गते २०८३

सूचना र विज्ञापनसम्बन्धी विभेदकारी निर्णय खारेज गर्न माग गर्दै पत्रकार महासंघ गोरखाद्वारा धर्ना

सूचना र विज्ञापनसम्बन्धी विभेदकारी निर्णय खारेज गर्न माग गर्दै पत्रकार महासंघ गोरखाद्वारा धर्ना

जोईन खबर

२७, जेठ २०८३
  • 337
    SHARES
  • सूचना र विज्ञापनसम्बन्धी विभेदकारी निर्णय खारेज गर्न माग गर्दै पत्रकार महासंघ गोरखाद्वारा धर्ना

    २७ जेष्ठ काठमाडौँ । नेपाल पत्रकार महासंघ गोरखा शाखाले सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय गोरखा अगाडि धर्ना दिएको छ।महासंघको केन्द्रीय समितिले देशव्यापी रूपमा सञ्चालन गरेको आन्दोलन कार्यक्रमअन्तर्गत गोरखा शाखाले पनि धर्ना कार्यक्रम आयोजना गरेको हो। धर्नामा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

    images

    धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकालले सूचना तथा विज्ञापन वितरणका सम्बन्धमा सरकारले अवलम्बन गरेका केही निर्णयहरू विभेदकारी र प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको बताए। उनले यस्ता निर्णयले सञ्चारमाध्यमको आर्थिक स्थायित्वमा नकारात्मक प्रभाव पार्नुका साथै स्वतन्त्र पत्रकारितामाथि समेत असर पुग्ने उल्लेख गरे।

    अध्यक्ष ढकालले सूचना तथा विज्ञापन वितरणमा समानता, पारदर्शिता र निष्पक्षता कायम गर्नुपर्नेमा जोड दिँदै विभेदकारी र स्वेच्छाचारी निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरे। उनले सञ्चार क्षेत्रको अस्तित्व र पत्रकारहरूको पेशागत अधिकार संरक्षणका लागि महासंघले आवश्यक परे थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिए।

    धर्नापछि महासंघका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई सम्बोधन गरिएको ज्ञापनपत्र पनि बुझाएका थिए। ज्ञापनपत्रमा सूचना र विज्ञापन वितरणसम्बन्धी नीतिमा सुधार गर्न तथा सञ्चारमाध्यमप्रति गरिएका विभेदपूर्ण व्यवहार अन्त्य गर्न माग गरिएको छ।

    नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्ला शाखामार्फत एकैसाथ विरोध कार्यक्रम सञ्चालन गरेको जनाएको छ। महासंघले आफ्ना माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

    प्रकाशित मिति :जेठ २७, २०८३ बुधवार - १३:०५:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको