Logo

मंगलवार, श्रावण १२ गते २०८३

छिपीनीटोल कुटपिट प्रकरणमा एक जनाको मृत्यु, चार जना पक्राउ

छिपीनीटोल कुटपिट प्रकरणमा एक जनाको मृत्यु, चार जना पक्राउ

जोईन खबर

३०, जेठ २०८३
  • 229
    SHARES
  • छिपीनीटोल कुटपिट प्रकरणमा एक जनाको मृत्यु, चार जना पक्राउ

    ३० जेष्ठ काठमाडौँ । सन्तबहादुर गुरुङको गोरखामा भएको कुटपिट घटनापछि उपचारका क्रममा मृत्यु भएको छ। मृतक ३२ वर्षीय गुरुङ वारपाक सुलिकोट गाउँपालिका(३ का निवासी हुन्।

    images

    प्रहरीका अनुसार जेठ २७ गते राति छिपीनीटोल स्थित गोरखा घर ९दोहोरी साँझ० नजिक अज्ञात व्यक्तिहरूले गुरुङमाथि आक्रमण गरेका थिए। आक्रमणकारीहरूले लात, मुक्का तथा ढुंगाले टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए।

    घटनालगत्तै घाइते गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि उनी घर फर्किएका थिए। तर जेठ २९ गते अचानक बेहोस भई ढलेपछि पुनः अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनापछि जिल्ला प्रहरी कार्यालय गोरखा ले अनुसन्धानलाई तीव्र बनाएको छ। कुटपिट घटनामा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

    घटनाको कारण तथा पक्राउ परेकाहरूको परिचयबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

    यस घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो बढाएको छ भने दोषीमाथि कानुनी कारबाहीको मागसमेत उठ्न थालेको छ। प्रहरीले अनुसन्धान निष्कर्षमा पुगेपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

    प्रकाशित मिति :जेठ ३०, २०८३ शनिवार - २१:५७:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको