Logo

मंगलवार, श्रावण १२ गते २०८३

वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब २१ करोड बजेट, ‘एक सामुदायिक वन–एक पोखरी’ कार्यक्रम विस्तार गरिने

वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब २१ करोड बजेट, ‘एक सामुदायिक वन–एक पोखरी’ कार्यक्रम विस्तार गरिने

जोईन खबर

१, आषाढ २०८३
  • 367
    SHARES
  • वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब २१ करोड बजेट, ‘एक सामुदायिक वन–एक पोखरी’ कार्यक्रम विस्तार गरिने

    १ असार काठमाडौँ ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि १ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ।

    images

    आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनका अनुसार आगामी वर्ष जैविक विविधता संरक्षण, वन व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्।

    सरकारले ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रमलाई निरन्तरता दिँदै विस्तार गर्ने घोषणा गरेको छ। भूमिगत जल पुनर्भरण तथा वन्यजन्तुको बासस्थानमा पानीको उपलब्धता सुनिश्चित गर्न उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताइएको छ।

    यस्तै, बाँदर व्यवस्थापनका लागि फलफूल वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने भएको छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसहित वन क्षेत्रमा फलफूलजन्य प्रजातिका बिरुवा रोप्ने तथा संरक्षण गर्ने कार्यक्रम अघि बढाइने मन्त्री शेरचनले जानकारी दिए।

    ‘मानव–वन्यजन्तु सहअस्तित्व कायम गरौँ, कृषि बालीको क्षति न्यूनीकरण गरौँ’ भन्ने नारासहित सञ्चालन हुने कार्यक्रमले वन्यजन्तुबाट हुने कृषि बालीको क्षति कम गर्न सहयोग पुग्ने प्रदेश सरकारको विश्वास छ।

    प्रकाशित मिति :आषाढ १, २०८३ सोमवार - १७:११:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको